‘चार दिन विदासहित माघीलाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्छ’

 p5

विरेन्द्र चौधरी- दाङ- थारु विद्यार्थी समाज दाङका निवर्तमान अध्यक्ष सन्तोष दहितले थारु समुदायको महान पर्व माघीलाई राज्यले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी समाज इकाइ कमिटी पद्यमोदय पब्लिक नमूना उच्च माविले आयोजना गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम उनले यस्तो बताएका हुन्। 

‘थारु समुदायको हरेक पर्वलाई राज्यले वेवास्ता गर्दै आएको छ, यदि थारुलाई यो देशको नागरिक मान्छ भने उनीहरुको महान पर्व माघीलाई राष्ट्रिय पर्वकोरुपमा घोषणा गरी कम्तीमा ४ दिन सार्वजनिक विदा गर्नुपर्छ,’ उनले भने।

माघीबारे संक्षिप्त जानकारी गराउँदै दहितले भने, ‘यो पर्व हाम्रो महान पर्वमात्र नभएर नयाँ वर्षको रुपमा पनि मनाउँदै आएका छौं। माघीमा वर्ष दिनमा गरिएको कामको समिक्षा, आगामी वर्षको योजनाबारे छलफल गर्नुको साथै नयाँ नेतृत्व चयन गर्ने काम हरेक थारु गाउँमा हुने गर्छ।’

p4

यस्तो महत्वपूर्ण पर्वलाई राज्यले वेवास्ता गर्दा ४० लाख थारुहरु मारमा परेको उनले बताए। कार्यक्रमको विशिष्ट अतिथिसमेत रहेका दहितले देशमा लोकतन्त्र/गणतन्त्र आए पनि थारु समुदायमा अझै लोकतान्त्र आइनसकेको उनको भनाइ थियो।

‘आफ्नो धर्म, कला, संस्कृति र पर्व मनाउने अधिकार हामीलाई पनि छ। तर राज्यले थारु समुदायलाई यो अधिकारबाट कुण्ठित गर्दै आएको छ। यो कुरालाई सरकारले मध्यनजर गर्नुपर्छ,’ उनले भने।

राज्यले थारु समुदायका पर्वलाई सम्मान नगरे धर्म संस्कृतिको आन्दोलन गर्ने उनको चेतावनी थियो।

थारु विद्यार्थी समाज इकाइ किमिटिकी अध्यक्ष शिला चौधरीको अध्यक्षता र पपनउमाविका भाइसप्रिन्सिपल लोकबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक गोविन्दपौडेल, मेघराज सुवेदी, देवेन्द्र सिंह ठकुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यार्थी समाज इकाई कमिटीका सचिव विक्रम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थारु विद्यार्थी समाज इकाई कमिटीका सदस्य तीर्थ चौधरीले गरेका थिए। कार्यक्रममा मघौटा नृ्त्य प्रस्तुत गरिएको थियो।

Leave a Reply to Albertonob Cancel reply

Your email address will not be published.