वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अनिष्टतिर धकेल्यो : गौतम

सुन्दरीजल- पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलिरहेको बताएका छन्। दिपावली, नेपाल सम्वत्, छठ र ईदको उपलक्ष्यमा नेकपा एमाले काठमाडौं ३ नं क्षेत्रीय कमिटीद्वारा आज जोरपाटीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 
एकदलीय तानाशाह शासन लाद्न एमाओवादी अग्रसर रहेकाले बाबुराम भट्टराई प्रधानमन्त्री रहेसम्म कुनै सहकार्य हुन नसक्ने पनि उहाँले स्पस्ट पारे। सहमति विना जबरजस्ती बजेट ल्याए कार्यान्वयन हुन नदिने अडानमा विपक्षी दलहरु रहेको पनि उनले बताए। वैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुँयालले एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेकाले अब अर्को जनआन्दोलन नगरी लोकतन्त्र सुरक्षित हुन नसक्ने बताउए। अर्का वैकल्पिक केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले वर्तमान सरकार सहमतिका लागि बाधक बन्न हुन्न भने।
एमाले काठमाडौँ जिल्ला अध्यक्ष निर्मल कुँइकेलले एमाओवादीको नियत सत्ता कब्जा भएकाले संविधान लेखन अलपत्र परेको हो भने। रासस

Leave a Reply

Your email address will not be published.