पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले मंगलबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको छ। त्यसैगरी, मट्टितेल र डिजेलको मूल्य क्रमश दुई/दुई रुपैयाँ घटाउने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। निगमका अनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय २३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० कायम भएको छ। यस अघि पेट्रोल एक सय २५ रुपैयाँ ५० पैसा तोकिएको थियो।

Leave a Reply

Your email address will not be published.