पद्मरत्नलाई ‘काउन्टर’ दिन जानजाति महासंघको राष्ट्रिय भेला

Padmaratna and nagendra

आदिवासी जनाजति महासंघको राष्ट्रिय भेला बुधबारदेखि बुटवलको ग्रिन भ्याली पार्टी प्यालेसमा सुरु हुँदैछ। दुई दिने राष्ट्रिय भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापति र एक जना महिला प्रतिनिधि सहभागी हुने बताइएको छ। अब बन्ने संविधान आदिवासी जनजातिका हक, अधिकार सुनिश्चित गराउने अभिप्रायले राष्ट्रिय भेला बोलाइएको बुझिएको छ। भेलामा आदिवासी जनजातिहरुको पहुँच पुग्ने संघीयता र शासकीयस्वरुपबारे पनि छलफल हुने बताइएको छ।

विशेष स्रोतका अनुसार पद्मरत्न तुलाधरलाई ‘काउन्टर’ दिने अभिप्रायले यो भेला डाकिएको हो। तुलाधरले महासंघ हुँदाहुँदै छुट्टै मोर्चाबन्दी गरेको भन्दै जनाजति नेताहरु रुष्ट बनेका थिए। जनजाति पत्रकार महास‍ंघको पहलमा महासंघका अध्यक्ष नागेन्द्र कुमाल र तुलाधरबीच सँगै जाने सहमति भए पनि एकथरी जानजति नेताहरु अझै तुलाधरको मोर्चालाई स्विकार गरेका छैनन्। उनीहरु समग्ररुपमा मोर्चाको नेतृत्व महासं‌घले गर्नुपर्ने बताउँदै आएको छ।

यता आङ्काजी शेर्पा, ओम गुरुङ, पृथ्बी सुब्बाहरुले भने निवर्तमान अध्यक्ष राजकुमार लेखीको इशारामा महासंघ चलेको आरोप लगाउँदै आएको छ। उनीहरुले
नागेन्द्र कुमाल लेखीले जे भन्यो त्यही गरिरहेको आरोप लगाउँदै आएको छ। तर महासंघका पदाधिकारीहरु भने तुलाधरहरु एक्लौटीरुपमा मोर्चा गठन गरेको भन्दै रुष्ट बन्दै आएका छन्।

स्रोतले यी दुई खेमाका नेताहरुबीच भेलामा चर्काचर्की हुने अनुमानसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published.