भारतमा मुक्त कमलरीको सामूहिक बलात्कार

rapist

भारतमा मेला भर्न गएकी बर्दिया ढोढरी-४ धनौराकी एक मुक्त कमलरी युवतीलाई चार जना भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् । स्वास्थ्य परीक्षणपछि ती युवती भारतीय प्रहरीको सेल्टरमा रहेको जनाइएको छ ।
भारतीय पक्षलाई उदृत गर्दै नेपाल प्रहरीले बलात्कृत युवतीको अवस्था चिन्ताजनक रहेको बताएको छ । सीमावर्ती बहराईचको बिछिया स्थित कटरिया बाबा नजिक १७ वर्षीया मुक्तकम्लरी बलात्कृत भएको कम्लरीका क्षेत्रमा काम गर्ने संस्था नेपाल युथ फाउण्डेशनका कानुन अधिकृत फक्ला थारुले बताए ।

गाउँका आफन्तसंग भारत गएकी उनलाई मंसिर १२ गते बलात्कार भएको जानकारी आफन्तले मंगलवार दिएका हुन् ।  रातभर जाग्राम बस्ने राम विवाह मेलमा उनलाई चारजना भारतीय युवाले राति १२ बजे जर्वजस्ती जंगलमा लगेर बलात्कार गरेका छन् । घटनापछि मार्ने प्रयास गर्दा स्थानीयले देखेपछि उनीहरु भागेको पीडितका आफन्तले बताए ।

युवतीको शरिरका विभिन्न अंगमा चोटपटक लागेको छ ।

घटनाको नेपाल प्रहरीले पुष्टी गरेको छ । भारतीय सिमावर्ती नजिक रहेको सीमा चौकी धनौराका सई बमबहादुर राउतका अनुसार बलात्कार घटनापछि उनलाई स्वास्थ्य परीक्षण र उपचार गर्न बहराईच जिल्ला अस्पताल लगिएको थियो । ‘उनी अहिले पनि भारतीय महिला प्रहरीको अधिनमा छिन् । म संग फोनमा सम्पर्क भएको छ,’ उनले भने-‘स्वास्थ्य उपचारपछि घर फर्किन्छन ।’

घटनापछि आफन्तले स्थानीयको सहयोगमा सीमापारी नै एफआईआर (मुद्दा) दर्ता गराएका छन् । घटनास्थल नजिक रहेको प्रहरी चौकीले मुद्दा दर्ता गराउन निकै आलटाल गरेपछि स्थानीयको सहयोगमा दर्ता गराइएको पीडितका एक आफन्तले बताएका छन् ।

भारतीय प्रहरीले बलात्कारका चार अभियोगी मध्ये तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक श्याम देव चौधरी, किशुन चौधरी र राजन चौधरी रहेका छन् । अन्य एक अभियोगी राजु चौधरी फरार रहेको धनौराका सई बमले बताए ।

अभियोगीका आफन्तले मुद्दा फिर्ता लिन १० लाख भारु सहयोग गर्ने जस्ता प्रलोभन दिएको स्रोतले बतायो । गाउँका सम्पन्न परिवारका अभियोगीलाई छुटाउन भारतीय प्रहरीले पनि पीडित अभिभावकलाई घटना अघि नबढाउन दवाव दिएको स्रोतको भनाई छ । (स्रोत : इकान्तिपुर)

Leave a Reply

Your email address will not be published.