मधेसीसँग मिल्नुपर्ने भनेपछि तेजुलालको विरोध

Tejulal Chaudharyनेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले थारुहरु मधेसीसँग मिल्नुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभाले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले थारुहरु पनि मधेसीसँगै मिल्नुपर्ने बताएका हुन्। उनले पहाडका नेताहरुले थारुहरुको मर्म नबुझेको भन्दै मधेसीसँग मिल्नुपर्ने बताए। ‘पहाडका आदिवासी जनातजिहरु, पहाडका नेताहरु, पहाडका अधिकारकार्कीहरु थारुका मर्म बुझ्दैनन्,’ नाइटिङ्गेल स्कुलका प्रिन्सिपल समेत रहेका तेजुलालले भने, ‘त्यसैले थारुहरु मधेसीसँग मिल्नुपर्छ। उनीहरुसँग मिलेर जानुपर्छ।’

यो अभिब्यक्तिपछि कार्यक्रममा तेजुलालको चर्को विरोध भएको थियो। थारुहरु के कुरामा कम भएको भन्दै सहभागीहरुले सभासद् तेजुलालको विरोध गरेका थिए। यद्यपि उनी आफ्ना धारणा राख्ने बितिकै बाहिरिएकाले विरोध सुन्न पाएनन्। तेजुलाल चौधरी सप्तरी क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा विजयी भएका थिए।

कार्यक्रममा थारु कल्याणकारिणी सभाको पनि प्रस्ट एजेन्डा नभएको भन्दै केही सहभागीले आलोचना गरेका थिए।

यो पनि पढ्नुस्:

कांग्रेस एमालेमा बाहुनवाद : तेजुलाल चौधरी

 

3 thoughts on “मधेसीसँग मिल्नुपर्ने भनेपछि तेजुलालको विरोध

  1. THARU HARU N MADESHI SANG MILNE N PAHADE SANG KO SANG MILNE T ? AKHIR HAMI KO SANGAI BASDAAI CHHAU T HAMRO NAJIKAI KO CHH T PAHADE LE GARDA T THARU KO YO DASHA BHAE KO HO

  2. मुद्दा एकै प्रकृतिको छ भने जो सँग मिल्दा पनि फरक पर्दैन तर आफ्नो पहिचान नै मिटने किसिमले मिल्नु हुँदैन ।

  3. नाइटिंगेल स्थापनाकाल देखि शिक्षा क्षेत्रमा अब्बल नेताज्यू संबिधानसभा २ मा आफुले कमाएका करौडोको सम्पति खर्चिनुभो . सप्तरी क्षेत्र न ५ मा नेपाली कांग्रेसमा राजनीतिक गर्दै आउनुभएकाहरुलाई सम्पतिले पछि पार्नुभो .फलस्वरूप करोड बितरण गरेर चुनाव पनि जित्नुभो .त्यस क्षेत्रमा धेरै जनसंख्यामा रहेका थारु समुदायको मत पनि पाउनुभो कुनै ठाउमा पैसाले भने कुनै ठाउमा जातीयताको नाताले .त्यहाका थारु बासिन्दाले शिक्षा क्षेत्रमा अबल नेताले केहि गर्नुहुन्छ कि भने ठाउमा मधेसी संग मिलेर जानुपर्छ . थारुलाई पछाडी पार्ने पहाडी नेता हुन् कि मधेशी नेता ? हुन् त उहाले तेस्रो संविधानसभामा जित्न को लागि यसो भने जस्तो लाग्छ .कल्याणपुर उच्च मा बि लाइ सहयोग गर्दैमा पुरा क्षेत्रको बिकाश हुदैन . आफ्नो समुदायको बिकाश भएपछि मात्र क्षेत्रको बिकाश हुन्छ कि कसो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *