सिंहदरवार अगाडि थाकसको प्रदर्शन- ‘दिने भए मस्यौदा दे, नत्र राजीनामा दे’

Tha ka sa Protest at Singhdarbar-1

तीन पार्टीको गोकर्ण रिसोर्ट वैठक विरुद्ध त्यहिँ पुगेर विरोध प्रदर्शन गरेको थारु कल्याणकारिणी सभाले आज फेरि काठमाडौंमा ‘दिने भए मस्यौदा दे, नत्र राजिनामा दे’ भन्दै प्रदर्शन गरेको छ। थारु कल्याणकारिणी सभाको प्रदर्शमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सभासद रुकमिणी चौधरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको चल्दाचल्दैको वैठक छाडेर उनी प्रदर्शनमा सहभागी भएकी थिइन्।

सिहंदरबार छेउ अनामनगरमाको धर्नामा प्रदर्शनकारीहरुले तराईलाई बहुप्रदेश बनाउनुपर्ने माग गरेका थिए। उनीहरुले कांग्रेस एमालेले प्रस्ताव गरेको सात प्रदेश धोका हो भन्दै संविधानसभाले तुरुन्तै संविधान मस्यौदा जारी गर्नुपर्ने भनेका थिए।

Tha ka sa Protest at Singhdarbar-2

प्रदर्शनमा ‘दिने भए मस्यौदा दे, नदिन भए राजिनामा दे’ नारा लाग्दा रुकमिणी भन्दै थिइन्, ‘ठूला पार्टी भनाउँदाहरुले संविधान नबनाएर जनतालाई धोखा दिन्छन् भने म सभासद पदबाट राजिनामा दिएर आन्दोलनको मैदानमा आउन तयार छु।’

धर्नामा बोल्दै राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले पहाडमा जतिवटा प्रदेश बनाए पनि अर्थतन्त्रले थेग्ने तर तराईमा धेरै प्रदेश बनाउँदा अर्थतन्त्रले नथेग्ने यो कुन खाले अर्थतन्त्र हो भनी प्रश्न गरेका थिए।

Tha ka sa Protest at Singhdarbar-3

उनको भनाइ थियो, ‘नेपालको आदिवासी जनजाति आन्दोलनको मागलाई सत्ताधारीहरुले बंगाउने प्रयास गरिरहेका छन्, पहाडका मुठिभर दसबीस जना आदिवासी जनजातिले जातीय राज्य मागेका हुन्, आदिवासी जनजातिलाई जातीय राज्य होइन समावेसी संघीय राज्य चाहिएको हो।’

Tha ka sa Protest at Singhdarbar-6

धर्नामा आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले भने, ‘आदिवासी जनजातिले पहिचान सहितको संघीयता मागेका हुन्, यो कुरा प्रष्ट छ, हामी बडो संयमित भएर संविधानसभाको क्रियाकलाप हेरिरहेका छौं, हाम्रा मागमुद्दामा बेइमानी गरिए आन्दोलनको आँधी उठाउँछौं।’

Tha ka sa Protest at Singhdarbar-7

सभाका अध्यक्ष धनीराम चौधरीले थरुहट तराई भूमिलाई संघीय प्रदेश बनाउँदा पहाडमा गाभ्न पाइदैन भने। उनको भनाइ थियो, ‘थरुहट प्रदेश एउटा मात्र बन्नुपर्छ भन्ने छ ? पहाडमा जातीय समुदायहरु एक ठाउँ बसेको हुनाले उनीहरुका लागि एउटा मात्र प्रदेश बनाए हुन्छ। तर, थारुको परिस्थिति फरक छ।’

Tha ka sa Protest at Singhdarbar-4

रुकमिणी चौधरीले संवाद समितिभित्र जालझेल चलेको भन्दै संविधान नबनाउने षडयन्त्रको गन्ध आएको बताइन्। उनले भनिन्, ‘मस्यौदा बनाउन हाम्रो तहबाट सबै काम भएको छ। तीन दलका नेताहरुले सम्पूर्ण सभासदहरुलाई विवशताको वन्दी बनाएर मस्यौदा रोकेका छन्। उनीहरुले संविधानसभालाई नै पंगु बनाएका छन्।’

Tha ka sa Protest at Singhdarbar-5

न्युजभित्ताबाट साभार। तस्बिर : मदन चौधरी

Leave a Reply

Your email address will not be published.