कांग्रेस एमालेमा बाहुनवाद : तेजुलाल चौधरी

Tejulal Chaudharyतेजुलाल चौधरी– जुन तरिकाले अरु पार्टीका सभासद् बोल्न पाइरहेको छ हामी कांग्रेसको सभासद्ले बोल्न पाउँदैनौं। नेपाली कांग्रेसका केही नेतामा बाहुनवाद छ। कांग्रेस एमालेको नब्बे प्रतिशत नेतामा बाहुनवाद छ।

पार्टीभित्र थारु सभासद् सहमत छैनौं। राज्यपुनर्संरचनाको जुन खाका ल्याउने मानसिकता देखिएको छ त्यसमा हामी आदिवासी जनजाति र मधेसी सभासद सहमत छैनौं। संसद्मा बाहुन क्षेत्रीको खोल ओढेर उनीहरु आदिवासी सभासदहरुले बोलेको छन्।

पार्टीभित्र हामीले पनि आफ्नो किसिमको दवाब दिइरहेका छौं। हाम्रो तागत पुगिरहेको छैन। कांग्रेसको पाँचदेखि सात प्रदेशको खाका क्लियर भएर आएको छैन। कांग्रेसले आफ्नो धारणा प्रष्ट रुपमा ल्याएको छैन, संसदीय दलमा छलफल पनि भएको छैन।

पहाडमा चारदेखि पाँचवटा प्रदेश बनाउनुपर्छ। पहाड र तराइ जोडेर प्रदेश बनाउनु हुँदैन। मधेसमा तीनवटा प्रदेश बनाउनुपर्छ। नाम जे राखे पनि हुन्छ। मकवानपुर र सिन्धुलीको केही भाग पनि मधेसको प्रदेशमा राख्नुपर्छ। हामीले चुरे पहाड सहित प्रदेश बनाउनुपर्छ।

हामीले त्यतिकै अधिकार पाउन गाह्रो छ, हामीले सोचे अनुसारको संविधान बन्ने देखिएन। म कांग्रेसको सभासद् भए पनि म सन्तुष्ट हुने स्थिति छैन, तपाई आन्दोलनकारी नेताहरु सचेत हुनुहोला।

Leave a Reply

Your email address will not be published.