प्रधानमन्त्रीद्वारा लेखीको प्रशंसा

प्रधानमन्त्री सुशील कोइरालाले राजुकमार लेखीको प्रशंसा गरेका छन्। थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको उद्‍घाटन सत्रमा उनले लेखीलाई संविधान निर्माणमा सहयोग पुर्‍यादिन आग्रह गर्दै प्रशंसा गरेका थिए। ‘लेखीजीले सहयोग पुर्‍याउनुभयो भने संविधान बनाउन झनै सजिलो हुनेछ।

आन्दोलन गर्नेभन्दा पनि सबैलाई ब्यक्तिगत तवरले संविधान निर्माणमा लबिङ गर्न लेखीजीले सक्नुहुन्छ। उहाँ पनि राष्ट्रका ठूला नेता भएकाले उहाँका विचारधारा अरु नेताहरुले बुझ्नसक्छन्। र माघ ८ मै संविधान निर्माणको काम पूरा हुन्छ,’ प्रधानमन्त्री कोइरालाले भने।

लेखीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै माघ ८ गते घोषणा हुने नयाँ संविधानमा पहिचानसहितको संघीयता नभए सत्तामा बस्न नदिने चेतावनी दिएका थिए। लेखीले पहिचानसहितको संघीयताका निम्ति आफूहरु आन्दोलन गर्नसमेत तयार रहेको प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

कोइरालाले आन्दोलन गर्न नपर्ने बताउँदै थारु र आदिवासी जनाजतिसँग भएको सहमतिका बुँदाहरु सरकारले चाँडै पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published.