थाकसको २१औं महाधिवेशन : अध्यक्षलगायत पदाधिकारीको चर्को आलोचना

Banda Satra-2

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको बन्द सत्रमा नेतृत्वकर्ताको चर्को आलोचना भएको छ। बन्द सत्र सुरु भएको केही मिनेटमै सहभागीहरुले व्यवस्थित नभएको भन्दै नेतृत्वकर्ता चर्को आलोचना गरेका थिए। उद्घाटन सत्र पनि चुस्तदुरुस्त नभएको उनीहरुले आरोप लगाए। उद्‍घाटन सत्रमा सञ्चालन गर्ने ब्यक्ति गतिलो नराखेको भन्दै प्रतिनिधहरुले आलोचना गरेका थिए। उपमहामन्त्री फूलमति चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।

बन्द सत्रमा पनि दैनिक रुटिन उपलब्ध नगराएको आरोप प्रतिनिधिहरुले लगाएका छन्। प्रतिवेदनहरु पनि प्रतिनिधिलाई उपलब्ध नगराइकनै सुनाइएपछि उनीहरु आक्रमक बनेका थिए। चर्को आलोचनापछि आधा घन्टा कार्यक्रमलाई स्थगित गरी फोटोकपी गर्न पठाइएको थियो। फोटोकपी गरेर आएपछि कार्यक्रम पुनः सञ्चालनमा आएको थियो।

त्यतिमात्र नभएर बन्द सत्रमा एउटा ल्यापटपको पनि ब्यवस्थापकले ब्यवस्था गर्न सकेको छैन। विद्यान संसोधनको ब्यापक बहस भइरहेको बेला संसोधन गर्नपर्ने कुराहरुको खेस्रा तयार गर्न मूल आयोजक समितिसँग न ल्यापटक छ न टाइप गर्ने मान्छे नै। त्यही भएर पनि नेतृत्वकर्ताको चर्को आलोचना गरेको सहभागी प्रतिनिधिहरुले बताए।

Leave a Reply

Your email address will not be published.