जनतासँग प्रहरी अभियान

बर्दिवास- जनतासँगको सम्बन्ध विकासका लागि महोत्तरी जिल्लाको सीतापुरस्थित प्रहरी चौकीले ‘जनतासँग प्रहरी अभियान’ चलाएको छ। आरूपनो कार्यक्षेत्रका भङ्गाहा, हतिसर्बा, सिङ्ग्याही, हरिहरपुरहरिनमरी र धर्मपुर गाविस बस्तीमा प्रहरी चौकी सीतापुरले सञ्चालन गरेको गाउँ सरसफाइ, वृक्षरोपण र घरदैलो अभियान अहिले जिल्लाका सबै क्षेत्रका लागि उदाहरण बनेको छ। 
मुसहर, बाँतर, चमार, डोम, खत्बे र दुसाधलगायत दलित जातजाति एवं थारु, दनुवारलगायत आदिवासी जनजातिको बाहुल्य रहेको चौकी कार्यक्षेत्रमा प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा हरिहरपुरहरिनमरी र भङ्गाहा गाविसका तीन बस्तीमा खुला दिसापिसाब गर्ने क्रम पातलिएको ती गाविस बस्तीका बासिन्दाले बताएका छन्। प्रहरीले घरघरै आएर आरूपनो बस्तीको सरसफाइ गर्न थालेपछि बस्तीको सडक पेटी र बाटोघाटो सफा र स्वच्छ देखिन थालेको भङ्गाहा—५ कटैया बस्तीकी रामराजी देवीले बताए।
सरसफाइ कार्यक्रममा स्थानीय जनसहभागिता बढेपछि दुवै गाविसका तीन बस्ती खुला दिसापिसाबमुक्त घोषणा गरिएको त्यहाँका बासिन्दाको भनाइ छ। प्रहरी चौकीले आरूपनो कार्यक्षेत्रका पाँच वटै गाविसमा रहेका १६ विद्यालय परिसरमा त्यहाँका बासिन्दा, विद्यालयका शिक्षक र विद्यार्थी एवम् सामुदायिक संस्थासँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। अहिलेसम्म पाँच वटै गाविसका ती विद्यालय परिसरमा अशोक, रबरप्लान्ट र लहरेपिपलका गरी करिब एक हजार बिरुवा रोपिएको चौकीका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक राजकुमार कार्कीले बताए।
गाउँ सरसफाइ, वृक्षरोपण र गुनासो सङ्कलनमा खटिएको प्रहरी टोलीलाई सम्बन्धित बस्तीका बासिन्दाले दिल खोलेर सहयोग गर्न थालेपछि आफूहरूको हौसला बढेको प्रहरीको भनाइ छ। पछिल्लो पटक प्रहरीले गाउँबस्तीका युवासँग खेलकुद कार्यक्रमको आयोजना र सुरक्षा सतर्कताबारे कुरा बुझाउन थालेपछि चोरीचकारीका घटना निकै घटेको हतिसर्वा गाविसका निवर्तमान अध्यक्ष राजनारायण रायले बताए।
केही पहिलेसम्म गाउँबस्तीमा सोझासाझालाई थर्काएर कुखुरा लैजाने, घाट कुरेर सामान ओसारपसार गर्ने व्यापारीसँग पैसा असुल्ने र तस्करसँग साँठगाँठ गरेर हप्तावारी असुल्ने गुनासो हुने गरेको प्रहरी सङ्ठनप्रतिको धारणा प्रहरीकै सहयोगी क्रियाकलापले परिवर्तन भएको राष्ट्रिय मधेस समाजवादी पार्टीको १ नम्बर क्षेत्रका अध्यक्ष एवम् उच्चमाध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका सञ्जीवकुमार साहको भनाइ छ। खासगरी चौकी इन्चार्ज प्रनानि कार्कीको सहयोगी एवं समन्वयात्मक भूमिकाले प्रहरी र जनताबीच न्यानो सम्बन्ध बनेको चौकी कार्यक्षेत्रका बासिन्दाले बताएका छन्।
अहिले सीतापुर प्रहरी चौकीले सञ्चालन गरेको जनतासँग प्रहरी अभियानको सकारात्मक चर्चा बाक्लिएपछि जिल्लाका अन्य प्रहरी चौकीले पनि यसको अनुसरण गर्न लागेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले प्रहरीको सकारात्मक र रचनात्मक कामले सिङ्गो सङ्गठनकै मर्यादा बढ्ने भएकाले सबै प्रहरी जनताका असल साथी बन्नुपर्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.