कांग्रेसको प्रस्तवप्रति थरुहट तराई पार्टीको गम्भिर आपत्ति

काठमाडौं- नेपाली कांग्रेसले ल्याएको राज्य पुनःसंरचनाअन्तर्गत संघीय प्रदेशहरुप्रति थरुहट तराई पार्टी नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै थरुहटका अध्यक्ष भानुराम थारुले  छलफलका नाममा ल्याएको ६ र ७ प्रदेशको दुई विकल्पमा थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तीमा भनिएको छ, ‘ नेपालमा परिवर्तनका लागि भएका जनआन्दोलन, थरुहट, लिम्बुवान, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक जाति, वर्ग, क्षेत्र एवं समुदायले गरेका सबैखाले अँदोलनको मुल मर्म भावना र उपलब्धिलाई अन्तरिम संविधान २०६३ मा संवैधानिक रुपमा सुनिश्चित भइसकेको अवस्थामा र त्यसैगरी विघटित संविधानसभाले टुंगो लगाई सकेको उपलब्धिलाई स्वामित्व लिने सहमति भईसकेको अवस्थामा पनि नेपाली कांग्रेसले अन्तरिम संविधानको मूल मर्म भावना विपरित र भएको सहमतिलाई लट्याउदै ल्याएको राज्यको पुनःसंरचनाको सवालमा दुबै प्रस्तावप्रति थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षषण भएको छ।’

प्रेस विज्ञप्ती पढ्नुस्:
संघीय नयाँ नेपालको राज्य पुनःसंरचनाको सम्बन्धमा नेपाली कांग्रेसले अन्य दलहरु संग छलफलका नाममा ल्याएको ६ र ७ प्रदेशको दुई विकल्पमा थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको छ। नेपालमा परिवर्तनका लागि भएका जनआन्दोलन, थरुहट, लिम्बुवान, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक जाति, वर्ग, क्षेत्र एवं समुदायले गरेका सबैखाले अँदोलनको मुल मर्म भावना र उपलब्धिलाई अन्तरिम संविधान २०६३ मा संवैधानिक रुपमा सुनिश्चित भईसकेको अवस्थामा र त्यसैगरी विघटित संविधानसभाले टुंगो लगाई सकेको उपलब्धिलाई स्वामित्व लिने सहमति भईसकेको अवस्थामा पनि नेपाली का“ग्रेसले अन्तरिम संविधानको मूल मर्म भावना विपरित र भएको सहमतिलाई लट्याउदै ल्याएको राज्यको पुनःसंरचनाको सवालमा दुबै प्रस्तावप्रति थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षषण भएको छ।
भूगोल लाई प्रमुख आधार मानी नेपाली का“ग्रेसले ल्याएको यी दुबै प्रस्तावहरु केवल विकास क्षेत्रमा विभाजन गरे जस्तै केही फरक छैननु। नीहित राजनीतिक अभिष्ट पुरा गर्नका लागि का“ग्रेसले थरुहट तराई भुगोल लाई टुक्रा टुक्रा पारेर थरुहट तराईका शक्तिलाई अल्पमतमा पारी फेरी पनि शासन गर्न पाईयोस भन्ने षड्यन्त्रकारी नीतिका साथ ल्याएको दुबै प्रस्ताव प्रति थरुहट तराई पार्टी नेपाल असहमति जनाउदै घोर आपत्ति व्यक्त गर्दछ। का“ग्रेसले ल्याएको यी दुबै प्रस्तावले मुलुकको वास्तविक समस्याको समाधान गर्नुको साटो फेरी पनि केन्द्रीकृत र एकात्मक राज्य शासन व्यवस्थालाई नै पृष्ठपोषण गर्दै अझै मुलुक द्वन्द्वात्मक अवस्थामा लैजाने निश्चिन्त छ।
सशक्तरुपमा उठीरहेको र संस्थागत भईसकेको पहिचानको मुद्धालाई संबोधन नगरी संघीय नया“ नेपालको सार्थकता नै हुन सक्दैन। अतः मुलुकको अग्रगामी परिवर्तनका लागि पहिचानलाई प्रमुख आधार बनाएर विगतमा भए गरिएका थरुहट, लिम्बुवान, खम्बुवान, तामाङ्गसालिन आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित, उपेक्षित जाति वर्ग समुदाय, संग गरिएका विभिन्न सहमति र सम्झौता अनुसार जातीय ऐतिहासिक पृष्ठभुमिका आधारमा संघीय नया“ नेपालको राज्य पुनःसंरचना गर्नु पर्दछ र सोका आधारमा नामाङ्गकन सिमाङ्गकन गरेर प्रादेशिक संरचना बन्नु पर्दछ भन्ने थरुहट तराई पार्टी नेपालको धारणा रहेको छ।
यदि यसका वावजुद्ध पनि नेपाली कांग्रेसले मुलुकको वास्तविक समस्या पहिचानलाई नजरअन्दाज गर्दै राष्ट्रिय सहमति नगरी संविधानसभाको प्रक्रियाबाट टुंगो लगाउन प्रयत्न गर्‍यो भने त्यो नै मुलकको लागि दुर्भाग्य हुन जाने छ र त्यसको सशक्तरुपमा प्रतिकार गर्न थरुहट तराईमा बसोबास गर्ने समग्र नेपाली जनता तत्पर रहेको कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौ।

जयथरुहट
भानुराम थारु
अध्यक्ष
थरुहट तराई पार्टी, नेपाल केन्द्रीय समिति

कांग्रेसले ल्याएको प्रस्तव यस्तो छ:

Leave a Reply

Your email address will not be published.