यसरी जलाइएको थियो रेशम चौधरीका रिसोर्ट, एफएम र थ्रपै थारुका घरहरु

भदौ ८ गते कर्फ्युकाबीच जलाइएका थारुका घरहरुको क्षतिपूर्ति स्वरुप सरकारले स्थानीय प्रशासनमार्फत् पीडितलाई रकम वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी कैलालीका गोविन्द रिजालले पीडितहरुलाई चेक वितरण गरेका थिए।

टीकापुर घटना आरोपतलाई पैसा बाँडेको भन्दै अहिले यो बहसको विषय बनेको छ। मानिसहरु पक्ष र विपक्ष गरेर बहस गरिरहेका छन्। राष्ट्रिय मिडियाहरुले पनि आरोपितलाई पैसा बाँडेको भन्दै आलोचना गरिरहेका छन्।

तर के साँच्चै सरकारले आरोपितहरुलाई पैसा बाँडेका हुन्? कैलालीका प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘हामीले कुनै आरोपितलाई पैसा बाँडेका होइनौं। कानुनको आधारमा सरकारले गरेको निर्णयलाई कार्यन्वयन गरेका मात्र हौं।’ उनले शान्तिप्रक्रियापछि बनेको कानुनको आधारमा भदौ ८ गते जलाइएका पीडितहरुलाई राहतस्वरुप क्षतिपूर्ति बाँडेको बताए।

नेपाल प्रहरीले टीकपुर घटनाका मुख्य अभियुक्त मानेका रेशम चौधरीले पनि फेसबुकमार्फत् निष्पक्ष छानबिनका लागि जस्तोसुकै कठघरा उभिन तयार रहेको उल्लेख गरेका छन्। ‘मेरो घर जल्यो, एफएम जल्यो, गरिखाने होटल जल्यो, गाडीघोडा जल्यो, सुत्ने ओछ्यानलगायका कपडा जल्यो। सरकारले क्षतिपूर्ति दिएको कुरा सामाजिक सञ्जालमार्फत थाहा पाएँ, चिनेजानेकाबाट अलिअलि सहानुभूति र सागरभन्दा अपार गाली पाएँ,’ उनले लेखेका छन्।

उनले आफूले पाएको क्षतिपूर्तिमा कसैलाई डाहा, इर्ष्या भए जलाइएको सबै सम्पत्ति जस्ताको तस्तै बनाइदिन आग्रह गरेका छन्। ‘म नेपाली हुँ, नेपाली रहन्छु तर मेरो पनि एउटा सोधाई छ- यसरी अनाहकमा भुमीपुत्रलाई आरोप लगाएर हामी चोखो बन्न खोज्दैछौं।’

यही घटनाले फेसबुक प्रयोगकर्ता पनि विभाजित छन्। थारुहरुले नै एसएसपीलगायतका प्रहरीको हत्या गरेको आरोप लगाइरहँदा सुशीला थरु लेख्छिन्- ‘कैलाली टिकापुरको थारुहरुले सरकारको तर्फबाट न्याय पाउँदा धेरै राष्ट्रप्रेमीहरुमाझ रुवावासी चलेका छन्। अझ टिकापुर्को थारुहरु अदालतबाट न्याय पायो भने राष्ट्रवादीहरुको मुटुनै फुट्लाजस्तो देखिन्छ। फेरि यस्तै मनकारीहरुले कुन अनुहारले कुन नियतले भन्छन्, ‘हिमाल पहाड तराई कोही छैनन् पराइ’।

यसैबीच थारुवानले गतवर्ष टीकापुरको स्थलगत रिपोर्टिङ गरेको थियो। सो क्रममा रेशम चौधरीलगायत थारुहरुको घरहरुको खिचिएको तस्बिर हेर्नुस्।

थारु कल्याणकारिणी सभा, टीकापुर कार्यालय

मीना फर्निचर

 

निरु ट्रेडर्स

Leave a Reply

Your email address will not be published.