थारु कल्याणकारिणी सभाको २१औं महाविधेशनको तयारी पूरा

THARU

काठमाडौं- थारु कल्याणकारिणी सभाले यही असोज २९, ३० र ३१ गते २१औं महाधिवेशन गर्ने भएको छ। झापाको विर्तामोडमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको राजधनीमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो। अध्यक्ष एवम् महाधिवेशन मूल आयोजक समितिका संयोजक चन्द्रकुमार चौधरी थारुले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा हुने जानकारी दिए।
उनका अनुसार महाधिवेशनमा राजनीतिक दलका शीर्ष नेताहरु, माननीय मन्त्रीज्यूहरु, सभासदहरु, देशविदेशका प्रतिनिधिहरु, थारु अग्रजहरु, प्रतिनिधि पर्यवेक्षकलगायत २४ जिल्लाका प्रतिनिधिहरुको समेत सहभागी हुनेछन्।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यो महाधिवेशनले थारु समूदायको हक अधिकारका निम्ति हालसम्म गरिएको प्रगतिको समिक्षा गर्ने समेत जानकारी दिएका छन्। उनले नयाँ संविधानमा थारु समुदायको पहिचान, हक अधिकार सुनिश्चित गराउन पनि ठोस निर्णय महाधिवेशनमा लिने बताए।

त्यस्तै उपत्यका समितिका सभापति सत्यनारायण चौधरीले सभाको महाधिवेशनमा करिब २० लाख खर्च हुने जानकारी दिए। महाधिवेशनमा लाग्ने उक्त खर्च नेपाल सरकार, उद्योगी व्यापारी लगायतले सहयोग गरेको सभाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.