फेसबुकमा थारुहरुको बदनाम

नेपालका आदिवासी थारुहरुलाई एक फेसबुक आइडीबाट बदनाम गरिएको छ। ‘मधेसी आवाज‘नामक फेसबुक आइडीबाट थारुहरुलाई बदनाम गरिएको छ। उक्त आइडीमा हिन्दीमा लेखिएको छ, ‘कैलाली खा गया दांग, चितवत और कंचनपुर निगल गया पर थारूओं को तो देखो उन्हीं दैत्यों, मगरमच्छों नेपालियों का पुजा कर रहे है। दास बनाया, गुलाम बनाया, कमैया और कमलरी बनाकर सताया फिर भी देखो हमारे थारूओं नेपाली लोगों को भगवान समझते और हम मधेशियों को बेइमान।’

यसको नेपाली अर्थ के हुन्छ भने, ‘कैलाली, दाङ, चितवन, कञ्चनपुर सबै खाए, तर तिनै थारुहरुलाई हेर्नुस्, राक्षस र गोही नेपालीलाई पूजा गरिरहेका छन्। दासी बनाए, गुलाम बनाया, कमैया, कमलरी बनाएर सताए। र, पनि हर्नुस् हाम्रा थारुहरु नेपालीलाई भगवान मान्छन्। हामी मधेसीलाई भने बेइमान।’
‘स्टाटसमा थारुहरु त नेपाली नै हैन’ भन्ने सन्देश दिएको पाइन्छ। जबकि आदिवासी थारुहरु नेपालका भूमिपुत्रका रुपमा चिनिन्छन्।

स्टाटसमा मधेस जलिरहँदा थारुहरु चयनले बसेको उल्लेख गरेको छ। त्यतिमात्र हैन, मधेस आन्दोलनमा ५४ जनाले ज्यान गुमाउँदा समेत थारुहरु चुपचाप रहेको लेखेको छ। भनिएको छ, ‘। नेपाल के आदिवासी/जनजाति हम मधेशियों पर सहानुभूति जता रही है, बातों से ही सही भरोसे बढा रही है पर हमारे मधेश के ही थारू आदिवासी हमें जला रही है, नेपालियों का वकालत कर हमें चिढा रही है। मधेशी मित्रों, अब ईन थारूओं से आश करना…?’

जसको अर्थ हुन्छ- नेपालका आदिवासी/जनजाति हामी मधेसीलाई सहानुभूति दिइरहेका छन्। कुराकानीबाट हामीलाई भरोसा दिइरहेका छन्। तर हाम्रै थारु आदिवासीले भने जलाइरहेका छन्। नेपालीहरुको वकालत गरेर हामीलाई चिढाइरहेका छन्। यी थारुहरुबाट के आश गर्न सकिन्छ र…?

फेसबुक प्रोफाइल फोटोमा भने भारतीय राष्ट्रपिता महात्मा गान्धीको तस्बिर राखेका छन्। कभरमा भने नेपाल मधेस फाउन्डेसनको लोगोसहितको तस्बिर राखिएको छ।

यसअघि पनि मधेसको अभियानकर्ताको रुपमा चिनिएका सीके राउतले थारुलाई मधेसीको संज्ञा दिँदै लेख प्रकाशित गराक थिए। सीके राउत अहिले तराई टुक्र्याउने अभियब्यक्ति दिएर प्रहरी हिरासतमा छन्।facebook

Leave a Reply

Your email address will not be published.