गच्छदार र तीन दलबीच मध्यरात चार बुँदे सहमति पत्र तयार

1four party meeting

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार र तीन दलका शीर्ष नेताबीच बिहीबार राति भएको छलफलले सम्झौता पत्र तयार गरेपनि हस्ताक्षर हुन सकेन। राति २ बजेसम्म चलेको छलफलमा चार बुँदे सहमति पत्र तयार भएको बताइएको छ।

सहमति पत्रमा गच्छदारले अडान लिँदै आएको जनसंख्याका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने, राज्यका हरेक अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने र सात प्रदेशको सीमांकनलाई संघीय आयोगले हेरफेर गर्नसक्ने कुरामा तीन दलका शीर्ष नेता सहमत भएका छन्।

यसबारे पार्टीसँग आन्तरिक छलफल गर्ने भन्दै शुक्रबार बस्ने बैठकमा सहमति पत्रमा हस्ताक्षर गर्ने आश्वास दिएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन्। ‘गच्छदारजीले अन्य दल र आफ्नो पार्टीभित्र छलफल गरेर हस्ताक्षर गर्ने आश्वासन दिनुभएको छ। आज सहमति हुने कुरा छ, हेरौं के हुन्छ,’ पौडेलले भने।

गच्छदारसँग बस्नुअघि शीर्ष नेताहरु थारु नेताहरुसँग वार्ता गरेका थिए। सो क्रममा तीन दलले थारुका मागप्रति सकारात्मक रहेको बताएका थिए। उनीहरुले पक्राउ परेकाहरुलाई रिहाइ र धरपकड रोक्ने आश्वासन दिएको थारु नेताहरुले बताएका थिए।

Leave a Reply

Your email address will not be published.