पहिचानसहितको सङ्घीयताका लागि राजधानीमा प्रदर्शन

protest-1
तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- पहिचानसहितको सङ्घीयता पक्षधर एकीकृत नेकपा (माओवादी)सहित २२ दलले प्रदर्शन गरेको छन्। नयाँ संविधानमा पहिचानसहितको सङ्घीयताका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका ती दल आज काठमाडौँ माइतीघर मण्डलदेखि संविधानसभा भवन बाहिर बानेश्वरसम्म नारा जुलुससहित सहभागी थिए।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले पहिचानविरोधी संविधान बनाउने प्रयत्न भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरूले सदन र सडक दुवैबाट प्रतिरोध गर्ने चेतावनी दिए।

Morcha Rally

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महामन्त्री जितेन्द्र देवले नेपालमा भएका विभिन्न आन्दोलनको उद्देश्य प्रगतिशील र लोकतान्त्रिक समाज निर्माण गर्नु रहेको बताउँदै सत्तारुढ दल त्यसबाट भाग्न खोजेको आरोप लगाए।

Morcha Rally

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले संविधानसभा बाहिर रहेको दललाई पनि मान्य हुने गरी संविधान बनाउनुपर्ने जोड दिए। थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले पहिचानसहितको सङ्घीयताको लागि आज आन्दोलनको सुरुआत भएको बताउँदै यसले लक्ष्य प्राप्त गरी छाड्ने उद्घोष गरे।

protest-2
प्रदर्शनमा एमाओवादी सचिव वर्षमान पुन, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता थियो। रासस

Leave a Reply

Your email address will not be published.