मदन चौधरी (बानियाभार/बर्दिया)– गत साता राहत वितरण गर्ने उद्देश्यका साथ बर्दियाका केही बाढी विस्थापित क्षेत्र अवलोकन गरियो। नेपालगञ्जबाट गुलरिया हुँदै बर्दियाको पदनाहा र बानियाभार गाविसका गाउँहरु अवलोकन गरियो। सदरमुकामबाट करिब २० किलोमिटर उत्तरमा अवस्थित पदनाहा र बानियाभार गाविस पुग्न बबई खोला तर्नुपर्ने रहेछ। भर्खरै बनेको झुलुङ्गे पुल साढे २९ दिनमै बबईको बाढीले बगाएपछि स्थानीयहरु डुंगाको जोखिम यात्रा गरिरहेका छन्। राहत वितरण गर्ने उद्देश्यसाथ स्थलगत रिपोर्टिङका लागि गएका हामीले करिब दुई सय मिटर बबई खोला डुंगामा तर्यौं। नदी पार गर्दा अझै पनि स्थानीयले सुनाएको झुलुङ्गे पुलको अवषेश देख्न सकिन्थ्यो।
पदनाहाबाट सुरु भएको हाम्रो स्थलगत रिपोर्टिङ बानियाभारको ढुंग्रहीमा गएर टुंगियो। तर बाइकबाट एक घन्टा लामो बाटो तय गर्दा बाटोमा अधिकांश घर क्षतिग्रस्त भेटियो। करिब एक किलोमिटर पश्चिमबाट बगेको बबईले साउन ३० गते राति ती क्षेत्रका बासिन्दाको निन्द हराम गरेका थिए। त्यतिमात्र हैन बबईले बाँके, सुर्खेत र दाङमा पनि उत्पात मच्चायो।
पदनाहा गाविसका बाढी विस्थापितहरु पाल टाँगेर गुजारा गरिरहेका भेटिन्थे। केही दिनअघि नै संघसंस्थाले दिएको चामको जोहो गरेपनि तिनीहरुसँग परिवार पाल्ने पर्याप्त खाद्यन्नको अभाव देखिन्थ्यो। बानियभार-९ का वीरबहादुर थारुले सरकारले अझैसम्म कुनै राहत नदिएको गुनासो गरे। उनले संघसंस्थाबाट पाएको चामलबाट ३३ जनाको परिवार पलिरहेको बताए। जसोतसो गुजारा गरिरहेका उनीहरुको अवस्था दयनीय देखिन्थ्यो। पर्याप्त राहत नपुग्दा उनीहरु चिन्तित देखिन्थे।
बानियाभार-४ ढुंग्रही पुग्दा त्यहाँको अधिकांश घर पूर्णरुपले क्षति भएको भेटियो। एक दिनअघि त्यहाँ पुगेका उद्योग तथा वाणिज्यमन्त्री सुनिल थापाले सरकारले चाँडै राहत वितरण गर्ने आश्वास बाँडेको स्थानीयले सुनाए। २०औं दिनपछि पुगेका मन्त्रीले चाँडै राहत वितरण गर्ने कुरा सुन्दा स्थानीय जिल्ल परेका थिए।
ढुंग्रहीमा मात्र ९ जनाले ज्यान गुमाएका थिए। दुई जना अझै बेपत्ता छन्। दुबै बेपत्ता धर्मरजका भतिज र उनका बुहारी हुन्। बल्लतल्ल ज्यान जोगाएका उनको अनुहारमा अझै बुहारी र भतिज गुमाउँदाको पीडा झलकन्थ्यो। भाइ विदेशमा भए पनि उनको परिवार बचाउन नसक्दा आत्मग्लानी महसुस उनले गरेका छन्। बुहारी र नाति गुमाएपछि धर्मराजका आमा भने धेरै दिन अचेत भइन्। बल्ल उनको होस् त खुलेको छ। तर खुल्ला आकाशमुनि बस्नुपर्दाको पीडाले उनी झनै थलिएकी छन्। बानियाभार-४ ढुंग्रहरीमा संघसंस्थालेसमेत राहत वितरण गर्न सकेको छैन। बाटो खराब भएकाले पनि संघसंस्थाहरु बाटो पुग्ने ठाउँबाटै राहत वितरण गरेर फर्किने गरेको स्थानीयले सुनाए।
हेर्दा गाउँ हरियाली देखिए पनि २० दिनअघिको रात सम्झँदा स्थानीयहरु त्रसित हुन्छन्। त्यही भएर होला बानियाभार-२ का बर्घर (गाउँका अगुवा) अझै अचेत छन्। बबईको भेल आउँदा टायरगाडा बचाउन गएका उनट्ठ त्यही रातदेखि अचेत भए। स्वास्थ्य उपचारको अभावले पनि उनी दिनभरी बेडमा सुतिरहने उनका परिवारले बताए।
गाउँलेहरु अझै पनि ती दिन सपनाजस्तै लाग्नेगरेको सुनाउँछन्। बानियाार-४ का सीता चौधरी बबईको बाढी आउँदा माथल्लो तल्लामा धान ओसार्न ब्यस्त थिए। बाढीले घरको भुइँतल्ला छोएपछि उनी हतार हतार धान ओसार्न थालेको सुनाइन्। तर जब जब खोला बढ्दै गयो, त्यति त्यति उनी त्रसित बन्दै गइन्। क गर्ने कसो गर्ने भनेर बुढाबुढीको झगडा पनि परेकी उनी सम्झिन्छिन्। तर आफू हिम्मत भने नहारेको उनले सुनाए। घरको माथिल्लो तल्ला पानी पुगे पनि उनी रातभरी सँगैको कटहरको रुखमा साहारा लिइन्। कटहरको रुखमा बसेर रात गुजारेका यी दम्तपत्तिलाई दिन गुजार्न भने बडो कठिन भएको छ। उनी भन्छिन्, ‘सरकारले राहत वितरण गर्ने आश्वासनमात्र दियो, अरु केही दिएन।’
यस्तै यस्तै पीडा सुनाएर हामी नेपालगन्ज फर्कियौं। भोलिपल्ट उनीहरुका लागि खाद्यन्न सामाग्री किन्यौं। हामीले ४५ क्विन्टल चामल, चाउचाउ, विस्कुट, खानेपानी, टेन्ट, भाँडा, लत्ताकपडा गरी कुल १३ लाख बराबरको सामान वितरण गर्यौं।
राजधानीमा बसोबास गर्ने जागरुक थारु युवाहरुको सहयोगले बर्दियाको बानियाभार-४ ढुंग्रही र बाँकेको फत्तेपुरका बाढी विस्थापितहरुले केहीमात्रामा भए पनि राहत पाए। हाम्रो उद्देश्य नै होस्टेमा हैसे गर्ने रहेको राहत वितरण अभियानका संयोजक सीताराम चौधरीले बताए। उनले विस्थापितहरुको जिम्मवारी सरकारले लिनुपर्ने भन्दै उनीहरुको दैनिकी जीवनयापनमा आफूहरुले सानो सहयोगमात्र गरेको बताए।
थारु युवाहरुको अभियानमा देश विदेशमा रहेका नेपालीहरुले आफ्नो गच्छेअनुसार नगद/जिन्सी बाढी पीडितका लागि जुटाएका थिए। जसमा थारु एराउन्ड दी वर्ल्ड, कल्याणी, थारु कल्याणकारिणी सभा, थारु इन्जिनयरिङ एसोसियसनलगायतका संस्थाको सहयोग रहेको थियो।
संयोजक चौधरीका अनुसार दशैंअघि सुर्खेत र दाङका बाढी विस्थापितहरुमाझ राहति वितरण गरिनेछ। सोको लागि गच्छेअनुसार सहयोग गर्न उनले सबैमा अपिल गरेका छन्।
स्थलगत रिपोर्टिङका क्रममा थारु कम्युनिटीका विवेक चौधरीले खिचेका केही तस्बिर हेर्नुस्:
बबईले पुल बगाएपछि डुंगामा तर्दै बानियाभार र पदनाहाका स्थानीय।
गुलरिया र पदनाहा गाविस जोड्ने बबईको खोलाको पुल बगाएपछि देखिएको अवशेष।
पदनाहाका बाढी विस्थापितहरु यसरी नै त्रिपाल टाँगेर बसेका छन्।
बानियाभार-४ ढुंग्रहीको एक घर बाढीले भत्काएपछि।
बानियाभार-४ ढुंग्रहीको यो घर खस्दा तीन जनाले ज्यान गुमाएका थिए।
भत्किएको घरमा धर्मराज चौधरी।
सीता चौधरी भत्किएको घर देखाउँदै।
अचेत अवस्थामा बर्घर।
भत्किएको घर उम्रिएका धान।
बबई खोला किनारमा एक बालक।
नजिकैको स्कुलको शिविरमा बसेका बाढी विस्थापित बिहानीको खाना बनाउँदै।
बुहारी र नाति गुमाएपछि।
थारु युवाहरुले लगेको राहत ट्याक्टरमा हाल्दै बानियभारबा बाढीपीडित।
खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै राहत वितरण अभियानका संयोजक सीताराम चौधरी र अभियानकर्ता मदन चौधरी।
Badhi Pidit rahat sankalan abhiyan ma Bektigat tatha sasthagat rupma sahayog garne sumprnu aadarniya mittra harulae dhairae dhairae dhanebaad, ajha hamro abhiyaan jari chha ajha tapae haruko sahayog ko khochho chha plz sake jati aa aphno thau baata sahayog garidina huna anurodh chha
Badhi pidit Rahat sankalan ma bektigat tatha asthagat rupma sahayog garne aadarniya mittra haru laae dhairae dhairae dhanyabad, yasari nai tapaeharuko sahayogko haat sadhai agaadi badhos, Ajha hamro abhiyan jaari chha …………………………………………………………………
congratulation all of you for having exemplary jobs.
grt appreciable work by the tharu youths n all other supporters,,,,bt now feeling guilty dat we all r born in nepal where there is no govt who can look after its citizens