थारु कल्याणकारिणी सभा रुपन्देही सभापतिमा रामवलि निर्वाचित

logo tharuबुटवल- थारु कल्याणकारिणी सभा रुपन्देहीको आठौं अधिवेशन भैरहवामा सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट रामवलि चौधरी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै थारु कल्याणकारिणी सभा क्षेत्र नं १ बाट नरसिंह चौधरी, क्षेत्र नं २ बाट सतिशकुमार चौधरी, क्षेत्र नं ३ बाट चन्द्रभान चौधरी, क्षेत्र नं ४ बाट खुशीराम चौधरी, क्षेत्र नं ५ बुद्धिराम चौधरी, क्षेत्र नं ६ हंशबहादुर चौधरी, क्षेत्र नं ७ बाट केशव चौधरी निर्वाचित भएका छन्।

त्यस्तै महिला सदस्यमा निर्मला चौधरी,चम्पा चौधरी र सरिता चौधरी निर्वाचित भएका छन्। केन्द्रीय पार्षदहरु भने बमबहादुर थारु, धनिराम चौधरी, श्यामबहादुर चौधरी, देविप्रसाद चौधरी, पुनम चौधरी छन्।

कार्यक्रम थारु कल्याणकारिणी सभा रुपन्देहीका जिल्ला सभापति देविप्रसाद चौधरीको सभापतित्व थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य अष्ठभुजा चौधरीको प्रमुख आतिथ्यता तथा उपसभापति रामवलि चौधरीको स्वागतमा रहेको कार्यक्रमको सञ्चालन सचिव सरिता चौधरीले गरेकी थिइन्।

सभसाद् योगेन्द्र थारु, काग्रेसका दिपक क्षेत्री, नेकपा एमलेका जिवनलाल अर्याल, एकिकृत मओवादीका उमेश खनाल, एकिकृत–मओवादीका नाथु थारु, थारु नेता पुरान सिंह थारु लगाएतले नव निर्वाचित कार्यसमिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published.