महिलाको स्वपहिचान

Geeta Chaudharyगीता चौधरी थारु- करिब दुई दशकदेखि हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ। बिघठित संविधान सभामा समावेशीकै नाममा ३२.७० प्रतिशत महिला सहभागिता देखिएको थियो। त्यसरी नै अन्य क्षेत्रमा पनि महिलाहरुको आसलाग्दो उपस्थिती देखिदैछ तर विडम्वना आज पनि महिलालाई उसको नाम, पदले परिचित गराउन नसकिरहेको दुर्भाग्यपूर्ण अवस्था छ।
प्रसंग केही समय पहिलेको हो। पूर्व मन्त्री तथा तथा एकिकृत माओवादीकी केन्द्रिय सदस्य हिसिला यमीलाई पुर्व प्रधानमन्त्रीको श्रीमती भनी भनी दिक्क लगाएछन् र उनी सोच्न बाध्य भइन् कि म खोई त, मेरो पहिचान खोइ त? यो पंक्तिकार काम विशेषले हालै एक राजनैतिक दलको कार्यालय पुगेको थियो। पार्टीको महासचिवसँग मेरो परिचय भयो। महासचिव जस्तो ब्यक्तिले मेरो पेशा के हो, म को हु? त्यो नसोधेर तपाईको श्रीमानको नाम के हो, श्रीमान के गर्न हुन्छ भन्ने जस्ता प्रश्न गरेर तीनछक्क पारे। महिलाको परिचय पुरुषस“ग जोड्नै पर्ने यस्तो हविगत छ हाम्रो परुषवादी सोच र समाजको। समाजमा महिलाको स्वपहिचानको, उपस्थितिको कुनै अर्थै छैन। बाल्यकालमा बुवाको नामले, बिहे पश्चात श्रीमान र बृद्धावस्थामा छोरा, नातीको नामले चिनिनु पर्ने महिलाको अवस्था छ।

जबकि आजका महिला धेरै अगाडि बढिसकेका छन्। आफ्नो घर धन्धाको कामलाई निरन्तरता दिदै कामकाजी महिलाको रुपमा चिनारी बनाउन थालेका छन्। तर आज पनि पुरुष बराबरकै काम गर्दा समेत ज्यालामा महिलालाई भेदभाव छ। यसरी आफ्नो परिचय त पाएका छैनन् नै, कामको मुंल्या“कनमा पनि ठगिएका छन्। कुनै संघसंस्थामा महिलालाई कोषाध्यक्ष पद त दिइन्छ तर आर्थिक जिम्मेवारी कमै दिइन्छ। खोइ त परिचयसँगै समान अवसर?

प्रख्यात अमेरिकी लेखक वेटीफि्रडानले द फेमिनिस्टिकमा लेखेकी छिन्– अमेरिकी महिलालाई केही कमी थिएन, बैबाहिक जीवन एकदम सुख सुबिधापुर्ण बिताइरहेका थिए तर ती महिलाहरु खुशी थिएनन्। किनभने उनीहरुको स्वपहिचानको समस्या थियो। उनीहरु श्रीमान्को नामबाट होइन की आफ्नै नामबाट चिनिन खोजेका थिए। त्यसैले, उनीहरु महिलाको स्थान स्थापना गर्नको लागि एउटा आन्दोलन नै चलाए। आज नेपाली महिलालाई पनि त्यस्तै आन्दोलन गनुपर्ने अवस्था छ। एकातिर करिअर अर्कोतिर परिवार दुबैलाई ब्यवस्थित गरेर अगाडी बढ्नु आजको महिलालाई फलामको च्यूरा चपाउनु सरह भएको छ। एकातिर आफ्नो अधिकार, दायित्व र करिअर प्रति सचेत रहेका महिलाहरु ब्यवस्थित तरिकाले घर ब्यवहार चलाउन सक्छन् भन्ने सावित गर्नुपर्ने चुनौती छँदैछ।

अर्कोतिर महिलाले परिवारलाई की करिअरलाई पहिलो प्राथमिकतामा राख्ने प्रश्न हाम्रो सामु अनुत्तरित हुँदै गएको छ। यस्तो पेचिलो अवस्थामा पनि महिलाहरु घर बाहिर निस्कने प्रकृया दृत गतिमा अघि बढेको देख्नग सक्छौं। हरेक क्षेत्रमा उनीहरुको थोरै संख्यामा भए पनि उपस्थितिले महिलाको सहभागिता बढेको प्रस्ट्याउँछ तर विडम्बना परुष प्रधान समाजमा पितृसत्तात्मक सोचले गाँजेको छ। जसरी नेपालको महिला आन्दोलन अगाडि बढ्यो र समानताको लागि कानुन पनि आयो तर महिलामाथि हिंसा ब्यापक हुँदै गएको छ। घरेलु, सामाजिक, राजनीतिक हिंसा पनि त्यत्तिकै बढ्दो अवस्थामा छ। बालविवाह, छाउपडी, छुवाछुत, दाइजो, बोक्सी प्रथा लगायतको माखेसाङ्लोमा महिलाहरु आफूलाई खोजिरहेका छन्।

महिलाहरु हरेक क्षेत्रमा अगाडि आएर उनीहरुको शैक्षिक, बौद्धिक ज्ञान र शारीरिक मिहिनेतलाई भजाउन सकेका छन्। जसलाई पश्चिमी सभ्यताले प्रभाव पार्दै गएको भन्ने आरोप पनि नआएको होइन तर आज महिलाहरु हरेक क्षेत्र ब्यवसाय, उद्योग धन्दा राजनीतिक र निती निर्माण तहसम्म आफुलाई पु–याउने जमर्को गर्दै आएका छन्।

विश्वको अग्लो चुचुरो सगरमाथामा अभिनेत्री निशा अधिकारीले पाइला टेकेर कोमल शरिरमा दृढ बिश्वासले हामी परुषभन्दा शारीरिक रुपमा फरक भए पुरुषहरु पग्न सक्ने ठाउँमा पुग्न सक्छौं भन्ने गतिलो उदाहरण दिएकी छिन्।

यसरी मुलुकको हरेक क्षेत्रमा महिला स्थापित हन लालायित छन्। पूर्ण निष्ठाको साथ देश बिकासमा अग्रणी भूमिका निर्वाह गर्नको लागि महिलाहरु आफ्नो अनुकल वातावरणमा ढालिसकेका छन् तर सामाजिकीकरणले परुषवादी सोचले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने प्रवृत्तिले गर्दा पुरुषलाई महिलाको उपस्थिति स्वीकार्न गाह्रो परिरहेको अवस्था छ। अग्रगामी सोच राखेर पुरुष वर्गको लागि मात्र होइन सम्पूर्ण महिलाको प्रतिनिधित्व पुग्नेगरी आजको युवतीहरु तथा महिलालाई आफ्नो करिअर बनाउनमा तगारो नहाली उनीहरुलाई मुलुकको खुल्ला आकासमा स्वतन्त्र रुपमा नाम, पद र स्वपहिचानले बाच्न दिने कहिले?

Leave a Reply

Your email address will not be published.