थारु युवाहरुद्वारा बाढीपहिरो पीडितका लागि राहत संकलन अभियान सुचारु, सहयोग गर्न सबैमा अपिल

banner

बाढीपहिरो पीडितका लागि थारु युवाहरुको समूहले ‘राहत संकलन अभियान’ सञ्चालन गर्ने भएको छ। बिहीबार राजधानीमा थारु युवाहरुको बैठक बसी सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। सो अभियानमा थारु सम्बद्ध आधा दर्जन संस्थाको सहभागिता रहने अभियानका संयोजक सीताराम चौधरीले बताए।

बर्दियाली थारु विकास मञ्चका अध्यक्षसमेत रहेका सीतारामले बाढीपहिरोबाट विस्थापित जनताप्रति सरकार गम्भिर नदेखिएको भन्दै युवाहरु मिलेर अभियान सञ्चालन गरेको बताए। अभियानमा थारु विद्यार्थी समाज (उपत्यका), सर्वहित समाज नेपाल, थारु युवा सभा, थारु एराउन्ड दी वर्ल्ड र कैलाली-कञ्चनपुर मैगर थारु विकास मञ्च नामक संस्थाहरु आबद्ध छन्। अभियानलाई थारु कम्युनिटी (फेसबुक पेज) र थारुवान डटकमको सहयोग रहने संयोजक चौधरीले बताए।

एक साता भइसक्दा पनि सरकारले बाढीबाट विस्थापित जनतालाई राहत सामग्री बाँड्न नसकेको भन्दै अभियान सञ्चालन गर्नुपरेको थारुवान डटकमका सञ्चालक तथा अभियानकर्ता मदन चौधरीले बताए। राष्ट्रका प्रमुख मिडियाहरुले विस्थापित परिवार चिउरा र चाचाउको भरमा खुला आकाशिमुनि रात बिताउनुपरेको भनिरहँदासमेत सरकार गम्भिर नबनेपछि अभियानको थालनी गर्नुपरेको चौधरीले बताए। उनले अभियानमा देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सहभागी भएर गक्षअनुसार नगद/जिन्दसी सहयोग गरिदिनु हुन सबैमा आग्रह गरे।

सरकारको लाचारीपन देखेर यो अभियान थालनी गर्नुपरेको थारु कम्युनिटीका आशिष चौधरीले बताए। एक साता बितिसक्दासमेत राहत पुर्याथउन नसक्ने निक्मा सरकारको भर पर्नुभन्दा आफैं अग्रसर भएर अभियान सञ्चालन गर्नु ठीक भएकाले अभियानको थालनी गर्नुपरेको उनले बताए।

अभियानअन्तर्गत् सो समूहले राजधानी तथा देशका विभिन्न स्थानमा गइ नगद/जिन्सी दुबै संकलन गर्नेछन्। समूहले शुक्रबार नयाँ बानेश्वर र कोटेश्वरमा राहत सामग्री संकलन गर्ने संयोजक सीतारामले जानकारी दिए। संयोजक चौधरीका अनुसार संकलन भएको नगद/जिन्सीबारे दैनिक थारु कम्युनिटी (फेसबुक पेज) र थारुवान डटकममा प्रकाशित हुनेछ। पाँच सय बढी सहयोग गर्नेहरु नामावलीसमेत प्रकाशित गर्ने सीतारामले जानकारी दिए।

राहत संकलन अभियान बैंकमार्फत् पनि नगद जम्मा गरेर सहयोग गर्नसक्ने संयोजक चौधरीले बताए। यसका लागि नबिल बैंकमा आशिष चौधरी/बिमल चौधरी/सीताराम चौधरीको नाममा रहेको संयुक्त खाता नम्बर 1710017503663 मा नगद जम्मा गर्न सक्नुहुन्छ। विदेशमा बस्नुभएकाले नगद जम्मा गर्दा Swift Code आवश्यक पर्ने हुँदा नबिल बैंकको स्विफ्ट कोड NARBNPKA रहेको जानकारी चौधरीले दिए। उनले अभियानबारे विस्तृत बुझ्न 9841981754 सीताराम, 9841567487 मदन, 9841889766 आशिष र 9849866518 सञ्जयलाई सम्पर्कसमेत गर्नसकिने बताए।

अभियानबारेको विस्तृत विवरण थारु कम्युनिटी फेसबुक पेज र थारुवान डटकमको फेसबुक पेज दुबैमा हेर्न सक्नुहुन्छ।

यो पनि पढ्नुस् :

शान्ता चौधरीद्वारा बाढीपीडितलाई राहत वितरण

जागुरामको पीडा- ‘पोसिलो खानेकुरा बबईले बगायो, चिउरा खाएर १७ दिने सुत्केरी आमाको दुध नै आएन, नाति कसरी बचाऊँ? 

जागुराम चौधरी भन्छन्, ‘ह्वात्तै आयो, सबै स्वात्तै लग्यो’

दाङ मोतिपुरका बाढी पीडित भन्छन्, ‘ज्यानबाहेक केही बचेन’

Leave a Reply

Your email address will not be published.