बर्दिया बानियाभारका स्थानीय भन्छन्- पीडित भएर बाँच्नुभन्दा बबईले बगाएर लगेकै बेस हुन्थ्यो

Bardiya Flood Victims-18

माथिको तस्बिर हेर्दा के अनुमान लगाउनुहुन्छ? तपाइँको अनुमान जे भए पनि यथार्थमा यो तस्बिर बर्दिया बानियााभर-४ ढुंगही-कुसुमडाँडास्थित एक घरको दृश्य हो। २ सय ८३ घरमध्यको भाग्यमानी घर। बबइ खोलाको बाढीले बगाउन नसकेको यो घरमा अहिले विस्थापित परिवार आश्रय लिएर बसिरहेका छन्। एक साताअघि बाढीले आफ्नो गाउँसमेत डुबानमा परेको सुनेपछि काठमाडौं बस्दै आएका राज कुसमी सिधै गाउँ हानिए। कारण कुसुमडाँडाको यही घरमा उनका आमाबुबा बसोबास गर्छन्। चिन्ता र भयले उनी डुबान परेको खबरसँगै गाउँ पुगेका थिए।

बल्लतल्ल गाउँ पुगेका उनी आफ्नो घरमा बाढीले कुनै प्रभाव नपारेको देख्‍दा खुसी त भए। तर त्यो खुसी क्षणभरमै दुःखमा परिणत भइदियो। किनकि उनको गाउँ गाउँ थिएन। थियो त केवल उजाड बस्ती। चिच्याहट र रुवाबासी। उनी गाउँ पुग्दा कयौंले ज्यान गुमाइसकेका थिए। कयौं बेपत्ता थिए। बल्लतल्ला ज्यान जोगाएकाहरु आफूले पाएको पीडा सुनाइरहेका थिए।

पानीको बहाब बढेपछि एक परिवार नै घरसँगैको रुखमा चढे। ६ परिवारसहित उनीहरु २५ घन्टा रुखमा बिताउनुपरेको पीडा सुनाइरहेका थिए। कोही भने आफ्ना बालबच्चालाई बाँसको टुप्पोमा लगेर बाँधेको बताइरहेका थिए। यी कुराहरु सुन्दा राजका आँदामा आँशु बगिरहेको थियो। उनी सम्झिन्छन्, ‘साँच्चै नै कहाली लाग्दो दृश्य मैले सुनिरहेको थिएँ। देखिरहेको थिएँ।’

पानीको सतह घटेपछि गाउँलेहरु एकीकृत भए। राहत सामग्रीको पर्खाइमा बसे। उनीहरुले गृहमन्त्री बामदेव गौतम आउने जानकारी पाएपछि खुसी भएका थिए। तर गृहमन्त्री नपुग्दा उनीहरु आक्रोसित बनेका थिए। उनीहरु गृहमन्त्रीबाट राहत पाउने आशा ब्यक्त गरेका थिए। तर विडम्वना गृहमन्त्रीको आउने कुरा हल्लामै सिमित बन्यो।

अहिले पनि ती ठाउँमा राहत विरतण हुन सकेको छैन। जेनतेन उनीहरु गुजारा गरिरहेका  छन्। तर जति चिन्ता उनीहरुलाई गास बास र कपासको छ। त्योभन्दा धेरै रोगको महामारी र हात्ति आतंकको छ। बिहीबारसम्म रोगका कारणामत्रै चार जनाले ज्यान गुमाइसकेको छ। त्यतिमात्र हैन, बुधबार रातिमात्रै हात्ति आएपछि गाउँलेहरु त्रसित बने। तर हात्ति केहीबेरमै जंगलमै पस्यो।

जे जस्तो भए नि प्राकृतिक विपत्ति हो। भनेर आउँदैन भन्ने कुरा राज र उनका गाउँलेले बुझेका छन्। तर गास र बास नहुँदासमेत सरकार उदासीन हुँदा उनीहरु चिन्तित छन्। भोट मागेर राजधानी छिरेका सभासद्हरु पनि गुनासो सुन्न नआउको स्थानीयहरुको गुनासो छ। ती क्षेत्रबाट एमाओवादीका सन्तबहादुर चौधरी निर्वाचित भएाक हुन्। उनीहरु भन्दै थिए- यस्तो नाजुक स्थितिमा बाँच्नुभन्दा त बबई बगाएर लगेकै बेस हुन्थ्यो।

(बर्दिया कुसुमडाँडाका स्थानीय बासिन्दा राज कुसमीसँग गरेको कुराकानीमा आधारित। तस्बिर सबै उनै राजले खिचेका हुन्।)

Bardiya Flood Victims-19

महेन्द्र राजमार्गअन्तर्गत पर्ने पुल भत्किएपछि यात्रुहरु सास्ती ब्यहोरिरहेका छन्। बिहीबार बिहानमात्र खोला तर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको थियो।

 

Bardiya Flood Victims-17

 

बाढीले घर भत्काएपछि।

Bardiya Flood Victims-16

Bardiya Flood Victims-15

घरभित्र देखिएको हिलो।

Bardiya Flood Victims-14

Bardiya Flood Victims-13

पानी तताउँदै विस्थापित परिवारका सदस्य।

Bardiya Flood Victims-12

 

गाउँबाट देखिएको नदी। यही नदीले गाउँ बगाएर लगेको थियो।

 

Bardiya Flood Victims-11

भत्किएको घरसँगै रहेको रुखमा ती घरका सदस्यले आफ्ना सबै परिवारलाई २५ घन्टासम्म रुखमा राखेर बचाएाक थिए।

Bardiya Flood Victims-10

बाढीले घर भत्काएपछि काठ मिलाउँदै स्थानीय।

Bardiya Flood Victims-9

Bardiya Flood Victims-8

यो घरको छत भत्किँदा ९ जनाको मृत्यु भएको थियो। बाढीले डुबान गरेपछि गाउँका धेरै मानिस यही छतमा बसेका थिए।

Bardiya Flood Victims-7

Bardiya Flood Victims-6

Bardiya Flood Victims-5

Bardiya Flood Victims-4

गाउँका विस्थापितहरुको नामावली।

Bardiya Flood Victims-3

Bardiya Flood Victims-2

नदीमा गोहीसमेत देखिएका छन्।

Bardiya Flood Victims-1

नदी तरेर ओहोर दोहोर गर्दै यात्रु।

Leave a Reply

Your email address will not be published.