शान्ता चौधरीद्वारा बाढीपीडितलाई राहत वितरण

OLYMPUS DIGITAL CAMERA

दाङ- एमाले नेतृ तथा पूर्व सभासद् शान्ता चौधरीले बाढीपीडित परिवारलाई कम्बल र चाउचाउ वितरण गरेकी छन्। उरहरी-६, मोतिपुरका बाढी पीडितलाई उनले राहत वितरण गरेको संयोजक नेत्रबहादुर बस्नेतले बताए। उनका अनुसार शान्ता चौधरीले १७ हजार बराबारको सामग्री बाढी पीडितलाई वितरण गरेकी थिइन्।

उनले बाढीपीडित परिवारका लागि राज्यले दीर्घकालीन सोच बनाएर राहत वितरण गर्नुपर्ने बताइन्। तत्कालका लागि विभिन्न संघसंस्थाले चामल, चाउचाउ, विस्कुट, कम्बल सहयोग गरिरहेका छन्। ‘सहयोग भनेको केही दिनका लागि हो। मेरो सहयोग पनि यही हो,’ राहत सामग्री वितरण गर्दै शान्ताले भनिन्, ‘तर दीर्घकालीन राहत राज्यले उपलब्ध गराउनुपर्छ।’

OLYMPUS DIGITAL CAMERA

उनले यस्तो अवस्थामा पनि राज्य गम्भिर नहुन देशकै लागि विडम्वना भएको बताइन्। बाढी पीडितलाई जतिसक्दो सबैले सहयोग गर्नुपर्ने उनले बताइन्।
पीडितमा रोगको महामारी फैलिन नदिन चाँडै स्वास्थ्य शिविर सञ्चालनमा ल्याउनपर्ने उनको भनाई थियो। कार्यक्रममा घटनाबारे तीलबहादुर बस्नेतले जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published.