आदिवासी जनजतिका मुद्दालाई राज्यको उपेक्षा

Fonij prgm at Rupndehi

कमल चौधरी, बुटवल- नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले १५औं स्थापना दिवसको अवसमा अयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले आदिवासी जनजातिका मुद्दालाई राज्यले उपेक्षा गरेको बताएका छन्। ‘आदिवासी जनजतिका मुद्दा र मिडियाको भूमिका’ विषयक अन्तर्क्रिया तथा पत्रकार सम्मान कार्यक्रममा बक्ताहरुले मंगलबार नेपाल मगर महिला संघको भावन बुटवलमा अझैपनि आदिवासीका मुद्दालाई मिडियाले खासै महात्वपूर्ण भूमिका नखेलेको भन्दै राज्य र मिडिया दुवैले नै आदिवासीलाई उपेक्षा गरेको बताए।
नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरीले आदिवासी जनजातिका मुद्दा अहिले ओझेलमा परेको बेला मिडियाले महात्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले आदिवासी जनजाति पहिचान, संघीयता खोजिरहेको अवस्थामा मिडियाले यसलाई अझ सक्रियरुपमा उठाउन अग्रहसमेत गरे।
त्यस्तै नेपाल पत्रकार महासंघका सचिव रुद्रहरी कुँवरले उत्पीडित जातजाति समुदाय, दालित, मुस्लिम, महिलाको मुद्दा उठाउन महासंघले सहकार्य गर्दै अगाडि बड्ने बताए। उनले पछिल्लो समयमा प्रमुख मुद्दा नै पहिचानको कुरा रहेको भन्दै अब मिडियाले पनि पहिचान, भाषा, संस्कृतिको संरक्षण र प्रवद्धनको लागि महात्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै प्रेस युनियन जिल्ला अध्यक्ष विक्रम खड्कले कुनै मिडियाले आदिवासीका मुद्दालाई उठाएन भन्दै आत्तिनु नहुने बताए। उनले अब आदिवासी जनाजतिका मुद्दालाई विभिन्न समाजिक सञ्जलमा पनि आदिवासीका मुद्दा र कार्यक्रमलाई प्रस्तुत गर्न सकिने हुदाँ समाजिक सञ्जालले मिडियाकै भूमिका खेलेको बताए। उक्त अन्तर्क्रिया कार्यक्रममा जिल्ला विकास समिति समाजिक अधिकृत दूर्गाप्रसाद श्रेष्ठ,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का वरिष्ठ सल्लाहकार तथा निवर्तमान अध्यक्ष भिमबहादुर गुरुङ, समाजसेवी विमलबहादुर शाख्य, फोनिजका केन्द्रीय सदस्य तथा फोनिज सल्लाहकार सारु राना, रेडियो देवदहका स्टेसन म्यनेजार याम राना, बुटवल दैनिकका सम्पादक तिलक आचार्य, रेडियो समावेशीका समाचार प्रमुख रमेश पोख्रेल, बुटवल टुडेका सम्पादक सुरज भण्डरी, रेडियो नमस्तेका सम्पादक प्रमुख डयलसन अधिकारी, नेपाल मगर संघका जिल्ला अध्यक्ष दलबहादुर विरकट्टा, नेवाःपुचका निवर्तमान अध्यक्ष सुर्यलाल श्रेष्ठ, नेपाल मगर संघ नगर समितिका अध्यक्ष किसन थापा, स्वर्गीय देव पाटाकी धर्मपत्नी नारायणी पटा मगर, थकाली सेवा समितिका उपाध्यक्ष लालबहादुर सेरचन,  सम्मानीत पत्रकार हिक्मत चौधरी लगायतले शुभकामना मनतव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published.