एसएलसीको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत उत्तीर्ण

panika-358x200२०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ। यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजा। ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन्।

प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन्। प्रथम श्रेणीमा छात्रतर्फ १२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ।

त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन्।

तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन्। तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन्

अनुर्तीण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.