पत्रकार चौधरी सम्मानित

hikamat

बुटवल- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका निवार्तमान उपाध्यक्ष  हिक्मत चौधरी सम्मानित भएका छन्। विगत एक दशकदेखि मिडिया क्षेत्रमा निरन्तर आदिवासी जनजातिका हक अधिकारको विषयमा शसक्तरुपमा कलम चलाउँदै आइरहेका पत्रकार चौधरीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा मंगलबार प्रमाण पत्र तथा नगद पाँच हजारसहित सम्मान गरेको हो।

विगतका वर्षमा जस्तै फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको सम्झनामा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ। चौधरी वि.स.२०१६ सालमा बाबा रामप्रसाद चौधरी र आमा सिवरानी चौधरीको कोखबाट रुपन्देही जिल्ला तिलोत्तमा नगरपलिका वाड–६ कैलस पठ मणिग्राममा जन्मिएका हुन्। त्यस्तै विभिन्न समाजिक संघसस्थामा उनी कार्यरत छन्।

उनले वि. स. २०५९ साल देखि मिडिया क्षेत्रमा प्रवेश गरेका हुन्। उनी रेडियो लुम्बिनीमा कार्यरत छन। हालः उनी इक्युल एक्सेस नेपाल ललितपुर झम्सीखोलामा मिडियामानै आबद्ध भएर कार्यरत छन्। उनले आफूले पत्रकारिता क्षेत्रमा निकै संघर्ष गर्नुपरेको भन्दै पहिले आदिवासी जनजाति मिडिया क्षेत्रमा काम गर्नु भनेको निकै चुनौति रहेको बताए।

उनले आहिले पनि आदिवासी पत्रकारलाई केही मात्रमा सहज भए पनि ठूल–ठूला मिडिया हाउसमा आदिवासी जनजाति पत्रकारको संलग्न नभएकाले आदिवासी जनजातिको मुद्दा उठ्न नसकेको बताए। उनले भने- ‘जुनरुपमा नेपाल आदिवासी जनजाति महासंघ फोनिज रुपन्देहीले मलाई सम्मान गरेको छ। यसले मलाई आझ जिम्मेवारी र दायित्व थापिएको छ।’ उनले अब आदीवासी जनजाति, उत्पीडित, समुदायको हक अधिकार र मुद्दा मिडियामा उठाउन दत्तचित्त भएर लाग्ने बताए।

Leave a Reply

Your email address will not be published.