भाजपा नेताले मधेसी युवालाई भने, ‘विभेद्‍विरुद्ध लड्नुस्’

Bjp Youth Leader

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेपाल सम्पर्क सेलका प्रमुख अजित कुमारले विभेदविरुद्ध लड्न मधेसी युवा नेतालाई सुझाव दिएका छन्। मधेसीमाथि विभेद भएको कुरा आफूले महसुस गरेको बताउँदै उनले त्यसलाई हटाउनका लागि संघर्षबाहेक अरु कुनै विकल्प नरहेको बताए।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मधेसी पत्रकार संघले आयोजना गरेको नेपाल-भारत सम्बन्ध र मधेसी युवाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उनले मधेसीसँग मात्र होइन, पहाडी समुदायमा पनि विभेद कायम रहेको बताए। त्यस्ता विभेद्सँग लड्न हिमाल, पहाड र तराई एक हुनुपर्ने उनको धारणा थियो। भारतमा भारतीय जनता पार्टी पनि विभेद्मा् परेको र त्यसको लागि ठूलो लडाईँ लड्दै आइरहेको उदाहरण दिँदै उनले एक भएर विभेद्‍को विरोध गर्न सुझाव दिए।
उनले अबको चार महिनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मधेस आउन लागेको बताउँदै भारत र मधेसको विशेष सम्बन्ध भएको बताए। ‘मधेसीमाथि विभेद् भएको कुरा भारतमा कसैबाट लुकेको छैन,’ उनले भने, ‘यहाँसम्म कि मधेसको अवस्थाबारे प्रधानमन्त्री मोदीलाई राम्रोसँग थाहा छ।’
भारतीय जनता युवा मोर्चाका उपाध्यक्ष स्वदेश शर्माले नेपाल भारतबीचमा जुन अवस्थाको सम्बन्ध छ सोही अवस्थाको राजनीतिक सम्बन्ध हुनुपर्ने बताए। नेपालमा मधेसी समुदायसँग भारतको विशेष सम्बन्ध भएकाले सोहीअनुसार राजनीतिक सम्बन्ध राख्न उनले सुझाव दिए।
मधेस र भारतको जुन सम्बन्ध छ, त्यसलाई कसैले चाहेर पनि परिवर्तन गर्न नसकिने बताउँदै उनले भारतको वर्तमान सरकारले मधेसको अवस्थालाई विशेष रुपले हेर्ने प्रतिबद्धता जनाए।
सोही मोर्चाका महासचिव डा. ध्वनी शर्माले मधेसको अवस्थाबारे आफ्नो सरकारसमक्ष कुरा पुर्‍याउने विश्वास दिलाए। उनले अधिकारका लागि आफैं लड्नुपर्छ, विचार र सिद्धान्तबाट परिपक्क भएर लडेको लडाईँ जितिने भएकाले अध्यात्मिक शक्ति प्राप्त गरेर लडाईँमा उत्रन मधेसी युवालाई सुझाव दिए।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले विभेद्विरुद्धको लडाईँ लड्नका लागि भारतको सहयोग आवश्यक रहेको बताए। उनले जहाँ विभेद् हुन्छ, त्यहाँ विद्रोह हुन्छ र विद्रोहलाई दबाउने प्रयास गरे विखण्डन हुने बताउँदै अबको लडाईँ वार कि पारको हुने चेतावनी दिए । हरेक संघर्ष तथा लडाईँमा युवाको भूमिका अपरिहार्य रहेको बताउँदै उनले युवाले साथ नदिएको भए कुनै पनि आन्दोलन सफल नहुने भएकाले युवा देशको सम्बाहक मात्र नभइ, व्यवस्थापक समेत रहेको बताए।
संघीय सद्भासवना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले भारतले विकासमा सहयोग गर्नुभन्दा सविधान निर्माणमा सहयोग गर्नुपर्ने सुझाव दिए। ‘विकास त हामी आफैँ गर्छौं तपाईँहरुले संघीयतासहितको सविधान निर्माण र मधेसमा आत्म निर्णयको अधिकारसहित स्वायत्तः एक मधेस प्रदेश निर्माणमा सहयोग गर्न भारतीय नेताहरुलाई आग्रह गरे।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले दिल्लीले मधेसलाई काठमाडौँको नजरबाट नभइ, मधेसलाई मधेसकै नजरबाट हेर्न आग्रह गरे। नेपाल र भारतको सम्बन्धलाई स्थापित गर्नका लागि मधेसको विकास आवश्यक रहेको कुरामा जोड दिँदै उनले प्रधानमन्त्री मोदीको भ्रमणले नेपाल र भारतको सम्बन्धलाई स्थापित गरेपनि त्यो मधेस बिना अधुरो रहने बताए।
कार्यक्रममा सद्भाणवना पार्टीका महासचिव मनिष सुमन, तमलोपाका सुरेश मण्डल, युवा नेता विक्की यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केशव झा, सद्भािवना पार्टीका योगेन्द्रराय यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए।
प्रकाशउज्यालोबाट साभार

Leave a Reply

Your email address will not be published.