थारुवानकर्मी दहित सम्मानित

dang 2दाङ- दाङमा आयोजित एक कार्यक्रममा थारुवानकर्मी सम्मानित भएका छन्। महिला, बालबालिका तथा द्वन्द्वप्रभावित क्षेत्रमा कलम चलाएको भन्दै ग्रामिण महिला उत्थान केन्द्रले थारुवानकर्मी सन्तोष दहितलाई नगदसहति प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
यसैगरी पत्रकार देविका घर्तीमगरलाई पनि सम्मान गरिएको थियो। बेपत्ता परिकारको तर्फबाट जेष्ठ नागरिक अंग्रजी चौधरी, शितली घर्तीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा लोकगीत प्रतियोगितासमेत आयोजना गरिएको थियो। त्यस अवसरमा भएको प्रतियोगितामा एलिसा खड्का प्रथम, स्नेहा पन्थ र अस्मिता घर्ती द्धितीय, विमला चौधरी तृतीय र भावना पन्थ र शुष्मा शर्मा सान्त्वना भएका थिए। प्रतियोगितामा विजयीहरु प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५००, १०००, ७०० र ५०० रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published.