द्वन्द्वपीडित परिवारसँग नारी दिवस

dangदाङ- संसारभर १०४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला ग्रामिण महिला उत्थान केन्द्रले भने दांङका द्वन्द्वप्रभावित परिवारसँग यो दिवस मनाएको छ। ग्रामिण महिला उत्थानक केन्द्र दाङका अध्यक्ष आशमाणि चौधरीको अध्यक्षता तथा मानवअधिकार र शान्ति समाज दाङका अध्यक्ष सुशील बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले बेपत्ता परिवारको सदस्यलाई राज्यले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरुको लागि राज्यले उचित क्षर्तिपूर्ति, उनीहरुको छोराछोरीलाई निशुल्क शिक्षा, रोजगारको व्यवस्था हुनुपर्ने माग गरेका थिए। कार्यक्रममा केन्द्रकी अध्यक्ष आशमाणि चौधरीले दाङमा ७८ जना बेपत्ता परिवार रहेको जानकारी दिए। उनीहरुलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराएर आर्थिक उन्नतिको लागि कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।
कार्यक्रममा थारु बुद्धिजीबी सोगतविर चौधरी, बेपत्ता परिवारका सदस्यहरु विमला चौधरी, अंग्रजी चौधरी, शितली घर्ती, कमला केसी पत्रकार सन्तोष दहित, नविन घिमिरे, देविका घर्तीमगरलगायतले आफ्नो विचार राखेका थिए। कार्यक्रम हेफर इन्टरनेशनल नेपालको सहयोगमा द्वन्द्वप्रभावित परिवारका लागि पूनस्थापना कार्यक्रमअन्तर्गत् आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published.