कांग्रेसको संसदीय दलको नेतामा कोइराला निर्वाचित

Sushil Koiralaकाठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति सुशील कोइराला निर्वाचित भएका छन्। सभापति कोइरालाले कूल १ सय ५ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मतमात्र पाए। सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिका संयोजक र पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।
संसदीय दलका नेता चुनिएपछि नेता कोइरालाले लोकतान्त्रिक पद्धतिबाट मतदान सम्पन्न भएको प्रतिक्रिया दिँदै पार्टीलाई आफूले एकता, सहमति र सहकार्यको प्रक्रियाबाट एकढिक्का बनाएर लैजाने बताए। बिहान ९ बजे विद्युतीय मेसिनबाट मतदान प्रक्रिया सुरु भए पनि सो मेसिनमा खराबी आएर दुई घण्टा मतदानको प्रक्रिया ढिलो हुन पुगेको थियो। मतदान साढे १० बजे सुरु भएको थियो।
कांग्रेसको प्रत्यक्ष र समानुपातिक सबै अर्थात् १९४ सभासद्ले संसदीय दलको चुनावमा भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published.