२० प्रतिशत महिला चाहन्छन ६० वर्षे पुटिनसँग बिहे गर्न

एजेन्सी- प्रतिशत रसियन महिलाहरु त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहे गर्न इच्छुक छन्। २००८ मा रसियाका सर्वाधिक सेक्सी नेतामा सर्वाधिक भोट ल्याएक पुटिन भर्खरै ६० वर्षका भए। सर्वेक्षणमा सहभागी ६६ प्रतिशत महिलाले यस्तो अप्रत्यासित प्रस्ताव अस्वीकार गर्नेमा मत दिए।
जवकी १४ प्रतिशतले बिहेको प्रस्ताव भइहाले सोच्न केही समय लाग्ने बताए। मस्कोमा रहेको लेभिन्दा सेन्टरले सर्वेक्षण गराएको थियो। सेप्टेम्बर २१ देखि २४ सम्म १ हजार ६ सय १ महिलाहरुबीच सर्वेक्षण गरिएको थियो।

पुटिनकी पत्‍नी लेडमिला खासै सार्वजनिक समारोहमा देखिन्नन्। त्यसैले पनि महिलाहरुमा पुटिनप्रति विशेष मोह छ। त्यसो त पुटिनको पारिवारिक जीवन सामान्य रहेको बताइन्छ। राष्ट्रपतिका प्रवक्ता डिमेत्री पेस्कोभले एउटा अनलाइन टेलिभिजनसँग अन्तर्वार्ता दिँदै उनको पारिवारिक जीवन सामान्य रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published.