सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीहरु औपचारिक शिक्षामा त्यति सफलता नपाएपछि उनीहरुलाई प्राविधिक शिक्षामा लगाउन लागिएको छ। टेष्ट, एसएलसी र प्रमाणपत्र तहमा उत्तीर्ण भएका पूर्व कमलरीलाई उनीहरुको रोजाईमा प्राविधिक शिक्षा दिलाउन लागिएको युथ फाउनडेशन नेपालका भेक कार्यक्रम अधिकृत विनोसिंह कडाराले बताए। उनले पहिलो सेसनमा १ सय ४२ जना कमलरीलाई अध्ययन गराइरहेको बताए। १ सय ४२ जनाले अनमी, स्टाफ नर्स, सिएमी, जेटिए, ल्याब असिस्टेन्ट, भेकनरी जेटिए पढिरहेको कडाराले बताए।
कडाराका अनुसार १ सय ४२ जनालाई प्राविधिक शिक्षा दिलाउन करिब दुई करोड खर्च लाग्ने बताए। एक वर्षमा कम्तिमा पाँच सय जनालाई प्राविधिक शिक्षा पढाउने लक्ष्य रहेको उनले बताए। प्राविधिक शिक्षा पढेपछि छोटो समयमा रोजगारी पाउनसक्ने भएकाले आफूहरुले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको कडाराको भनाइ छ।
‘अहिले प्रतिष्पर्धाको जमाना छ,’ उनले भने,’त्यसैले औपचारिक शिक्षामा सबै बहिनीहरुले प्रतिस्पर्धा गर्नसक्ने अवस्था नभएकाले उनीहरुलाई प्राविधिक शिक्षातर्फ जोड दिइएको हो।’ उनले यस्तो शिक्षाले आफ्नै लगानीमा पनि केही गर्नसक्ने भएकाले प्राविधिक शिक्षामा जोड दिएको बताए।
दाङकी पूर्व कमलरी दिलकुमारी चौधरी जेटिए पढ्दैछिन्। उनले आफू जेटिए बन्ने पहिला देखिकै इच्छा रहेको बताइन्। तर आर्थिक अवस्था कमजोर भएकाले त्यो पूरा नभएको बताइन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर