मुक्त कमलरीलाई प्राविधिक शिक्षा दिइँदै

prabidhik

सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीहरु औपचारिक शिक्षामा त्यति सफलता नपाएपछि उनीहरुलाई प्राविधिक शिक्षामा लगाउन लागिएको छ। टेष्ट, एसएलसी र प्रमाणपत्र तहमा उत्तीर्ण भएका पूर्व कमलरीलाई उनीहरुको रोजाईमा प्राविधिक शिक्षा दिलाउन लागिएको युथ फाउनडेशन नेपालका भेक कार्यक्रम अधिकृत विनोसिंह कडाराले बताए। उनले पहिलो सेसनमा १ सय ४२ जना कमलरीलाई अध्ययन गराइरहेको बताए। १ सय ४२ जनाले अनमी, स्टाफ नर्स, सिएमी, जेटिए, ल्याब असिस्टेन्ट, भेकनरी जेटिए पढिरहेको कडाराले बताए।
कडाराका अनुसार १ सय ४२ जनालाई प्राविधिक शिक्षा दिलाउन करिब दुई करोड खर्च लाग्ने बताए। एक वर्षमा कम्तिमा पाँच सय जनालाई प्राविधिक शिक्षा पढाउने लक्ष्य रहेको उनले बताए। प्राविधिक शिक्षा पढेपछि छोटो समयमा रोजगारी पाउनसक्ने भएकाले आफूहरुले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको कडाराको भनाइ छ।3
‘अहिले प्रतिष्पर्धाको जमाना छ,’ उनले भने,’त्यसैले औपचारिक शिक्षामा सबै बहिनीहरुले प्रतिस्पर्धा गर्नसक्ने अवस्था नभएकाले उनीहरुलाई प्राविधिक शिक्षातर्फ जोड दिइएको हो।’ उनले यस्तो शिक्षाले आफ्नै लगानीमा पनि केही गर्नसक्ने भएकाले प्राविधिक शिक्षामा जोड दिएको बताए।
दाङकी पूर्व कमलरी दिलकुमारी चौधरी जेटिए पढ्दैछिन्। उनले आफू जेटिए बन्ने पहिला देखिकै इच्छा रहेको बताइन्। तर आर्थिक अवस्था कमजोर भएकाले त्यो पूरा नभएको बताइन्।

Leave a Reply

Your email address will not be published.