माओवादी सहितका २२ दलद्वारा विरोध प्रदर्शन

काठमाडौं- प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमति तथा प्रधानन्यायाधीशको नेतृत्वमा गरिएको सरकार गठनको विरोधमा नेकपा–माओवादी लगायतका साना दलहरूले आज प्रदर्शन गरेका छन्। नेकपा–माओवादी सहितका २२ दलले आज बिहानै राष्ट्रपति भवन बाहिरको सडक क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले लाजिम्पाट, पानीपोखरी, लैनचौरलगायतका क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। ती दलहरूले दलीय नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग राख्दै आएका छन्। यसैबीच, ती दलहरूले आज दिउँसो एकदेखि पाँचबजेसम्म उपत्यकामा बन्दको आह्‍वान गरेका छन्। बन्दका क्रममा केही सवारीसाधन तोडफोड गरिएको छ भने बन्दले सवारीसाधन नचल्दा राजधानीको जनजीवन प्रभावित भएको छ। रासस

Leave a Reply

Your email address will not be published.