जेठ १८ र १९ गत्ते आह्वान गरिएको मधेस-थरुहट बन्द स्थगित

दोस्रो चरणको घोषित निर्वाचनको मिति पर धकेलिएपछि राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। राजपाले उम्मेदवारी दर्ता प्रभावित पार्न १८ र १९ गत्ते आह्वान गरेको बन्दको कार्यक्रम पनि स्थागित गरिएको नेता मनिष सुमनले जानकारी दिए। आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस-थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो।

‘उम्मेदवारीसहित चुनाव नै पर धकेलिएपछि हामी परानो चुनावी तालिका प्रभावित पार्न आह्वान गरेको कार्यक्रम स्थागित गरेका हौं,’ सुमनले भने।

अहिलेका लागि घोषित आन्दोलनको कार्यक्रम स्थागित गरि आफूहरुको माग सम्बोधनको प्रतिक्षामा बसेको उनले बताए। आफूहरुको माग संविधानमा संशोधन र जनसाँखिक हिसावले सिट सँख्या पुरा नभएसम्म स्थानीय तहको चुनावमा सहभागी नहुने र चुनाव हुन पनि नदिने राजपाको अडान यथावत रहेको सुमनले बताए।

राजपालाई सहभागी गराउन भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ गतेलाई सारेको छ।

 

Leave a Reply

Your email address will not be published.