तीन थारू पुरस्कृत

सञ्जीव चौधरीको ब्लग भ्वाइस अफ थारुबाट लिइएको तस्बिर।
सञ्जीव चौधरीको ब्लग भ्वाइस अफ थारुबाट लिइएको तस्बिर।

काठमाडौं- भद्रकुमारी घले सेवा सदनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा योगदान पुर्‍याएका ४० जनालाई पुस २७ गते एक समारोहका बीच पुरस्कृत गरेको छ। जसमा ३ जना थारू समुदायका ब्यक्ति पुरस्कृत भएका छन्।

जसमा दाङकी सरिता चौधरी लोकसंस्कृतिमा योगदान पुर्‍याएबापत भद्र घले सेवा सदन पुरस्कार, नवलपरासीका होमनाथ चौधरी भाषीक पुरस्कारबाट पुरस्कृत भएका छन्। बाराकी लेखिका शान्ति चौधरी भद्र घले सेवा सदन जनजाति पुरस्कार तथा भद्र घले सेवा सदन नारी पुरस्कार गरी दुई पुरस्कारले सम्मानित भइन्। पुरस्कारको राशि जनही १० हजार रुपैया छ। नेपालस्थित भारतीय राजदूत रन्जित रेले पुरस्कार वितरण गरेका थिए।

Leave a Reply

Your email address will not be published.