कमलरी मुक्तिका लागि साझा पहल जरुरी

धनगढी- कमलरी मुक्तिका लागि सबैले साझा पहल गर्नु पर्ने जोड दिइएको छ।  विभिन्न संघसंस्थाहरुले शनिवार टीकापुरमा आयोजना गरेको कम्लरी मुक्ति घमेषणा सन्देश सभा कार्यक्रमका कार्यक्रममा यस्तो बताइएको हो। कार्यक्रममा बोल्दै राप्रपा नेपाल कैलाली क्षेत्र नं ३ कि समानुपातिक सभासद रामदुलारी चौधरीले अब कसैलेपनि कमलरी राख्न नहुने बताइन्। उनले कमलरीको नाममा धेरै संघसंस्थाहरु खुलेपनि वास्तविक कमलरीहरुको उद्धार र पुनःस्थापना अझै हुन नसकेको बताइन्।
कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले  कमलरीमुक्तिका लागि नगरपालिकाको कार्यालयले सक्दो सहयोग गर्ने बताए। उनले कमलरी नराख्न समेत नगरबासीहरुलाई आग्रह गरे। केहि समय अगाडि टीकापुर विमानस्थलमा बसेका चार सय तीन परिवार मुक्त कमैयालाई पुनःस्थापना गर्न नगरपालिकाले पहल समेत गर्ने अधिकृत अधिकारीले बताए।
घोषणा सभा कार्यक्रममा बोल्दै पूर्व कमलरी बिना चौधरीले सरकारले कमलरी मुक्तिको घोषणा गरेको भएपनि आफूहरुको अवस्था जस्ताको त्यस्तै रहेको बताइन्। उनले मुक्ति घोषणा गरेर मात्रै केहि नहुने भन्दै यथाशिघ्र उचित पुनःस्थापना समेत गर्नु पर्ने जोड दिइन।
माघी पर्वका बेला कमलरी राख्नका लागि विभिन्न ठाउँमा सम्झौता हुने भएकाले यसलाई रोक्न सरोकारवाला निकाय लाग्नु पर्ने सहभागिहरुले जोड दिएका छन्।
ब्ेास कैलालीका अध्यक्ष रामरशिले चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा नेपाल को कैलाली क्षेत्र नं ३ की समानुपातिक सभासद रामदुलारी चौधरी प्रमुख अतिथी रहेकी थिइन। कार्यक्रममा मुक्त कमैया महिला बिकास मञ्चका तपेन्द्र रावल , ब्याकवार्ड सोसाइटी एजुकेसन बेसका कमलरी कार्यक्रम संयोजक श्रमलाल चौधरी, जिल्ला बालकल्याण समिति कैलालीका सदस्य मोहन शर्मा, पूर्व कम्लरी चम्पा चौधरी, धना चौधरी लगायतकाले मन्तव्य राखेका थिए।
घोषणा सभा जिल्ला बालकल्याण समिति कैलाली, जिल्ला शिक्षा कार्यालय कैलाली, कम्लरी प्रथा उन्मुलन का लागि साझा सञ्जाल, जिल्ला महिला ताथ बालबालिका कार्यालय र श्रम कार्यालय सेती अंचलको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।

Leave a Reply

Your email address will not be published.