पार्टीलाई सहयोग गरेका तर समानुपातिकमा नपरेकाहरु

Chandra and Haribabu

काठमाडौ- समानुपातिकमा पर्ने अभिभारा बोकेर एमाओवादी प्रवेश गरेका थारु कल्याणकारिणी सभा (थाकस)का केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीलगायतका नेता यतिबेला जिल्ल परेका छन्। थारुको छाता संगठन मानिने थाकसका केन्द्रीय अध्यक्षको पार्टी प्रवेशलाई लिएर थाकस पदाधिकारीबीच पदमा बस्न हुने नहुनेबारे चर्चा चलेको थियो। तर यसअघिका पदाधिकारीहरु पनि थाकसको जिम्मेवारी सम्हाल्दै कुनै न कुनै पार्टीसँग आबद्ध भएपछि त्यो कुरा चर्चामै सिमित बन्यो।

देशकै ठूलो पार्टी बनाउने अभिभारा बोकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष चौधरीको पार्टी प्रवेशले सम्पूर्ण थारु नै एमाओवादी भएको ठाने सायद। तर निर्वाचनमा सोच्दै नसोचेको परिणाम आएपछि अन्तर्घात गर्ने नेता र नवप्रवेशीहरुलाई समानुपातिकमा नराख्नेम दाहालले अडी कसे। सोही अड्डीका कारण निर्वाचनको ४४ दिनअघि पार्टी प्रवेश गरेका चन्द्रकुमार चौधरी समानुपातिक सभासद् हुनबाट वञ्चित हुन पुगे।

त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका तत्कालीन महासचिव गोविन्द चौधरीसँगै विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका हरिबाबु चौधरी पनि समानुपातिक सभासद् हुन सकेनन्। पूर्व आइजिपीसमेत रहेका हरिबाबु तमलोपा हुँदा राष्ट्रिय खेलकुद परिषद्का १७औं सदस्य सचिवमा नियुक्ति पाएका थिए।

राष्ट्रकै चौथो ठूलो जनसङ्या रहको थारु समुदायलाई एकीकृत गर्दै पार्टी विस्तारमा लागेका गच्छदारले थरुहट आन्दोलनका हर्ताकर्ता मानिने लक्ष्मण थारुलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउन सफल भए। सोही क्रममा बढुवासहित गच्छदारको पगरी थामेका गोविन्द चौधरीको लहैलहैमा हरिबाबु चौधरी पनि फोरम लोकतान्त्रिकमा प्रवेश गरे।

मंसिर ४ को निर्वाचनमा बारा ५ बाट ओमप्रकाश चौधरीले टिकट पाएपछि हरिबाबु समानुपातिकमा समेटिएका थिए। सोचेजस्तो परिणाम नआउनु र अध्यक्ष गच्छदारले पैसावाला उम्मेदवार प्राथमिकता दिएपछि हरिबाबु समानुपातिक सभासद् हुनबाट वञ्चित हुन पुगे।

यी दुई समानुपातिक उम्मेदवारजस्तै अन्य पार्टीका थारु उम्मेदवार पनि दलहरुको समानुपातिक सूचीप्रति जिल्ल परेका छन्।

Leave a Reply

Your email address will not be published.