रेशम चौधरी १९ दिनपछि आज डिस्चार्ज हुँदै

उपचारमा सुधार भएपछि राजपाका निलम्बित सांसद रेशम चौधरी आज डिस्चार्स हुने भएका छन्। ढाडमा समस्या आएपछि उनी विगत १९ दिनदेखि वीर अस्पतालमा उपचार गराउँदैछन्। डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन भनेको छ। सोहीअनुसार उनी नियमित चेकजाँच गराउनेछन्। उनी आज दिउँसो ३ बजे डिल्लीबजारस्थित करागार फर्किने उनको परिवारले जनाएका छन्। 

ढाडमा समस्या आएपछि उनलाई खुट्टामा नेल बाँधेर वीर अस्पतालमा भर्ना गरिएको थियो। नेल बाँधेर पशुजस्तै व्यवहार गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेल बाँध्ने प्रहरीलाई कारबाहीको निर्देशन दिएका थिए।

रेशम कैलाली क्षेत्र नं १ बाट राजपाका निर्वाचित सांसद हुन्। उनले ३४ जार ३४१ मत ल्याएर विजयी भएका थिए। टीकापुर घटनाको अभियुक्तरुपमा रहेका उनलाई हालै जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएको थियो।

Leave a Reply

Your email address will not be published.