शान्तापछि सुशीला चौधरीको गाडीमा आगजनी

Sushila Chaudharyदाङ- दाङमा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ। कांग्रेस क्षेत्र नम्बर २ की उम्मेदवार सुशीला चौधरीले प्रचारप्रसारमा प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो। बुधबार प्रचारप्रसार सकेर राति लालमटियास्थित कांग्रेस कार्यकर्ताको घरमा पार्किङ गरेर राखिएको उक्त जीपमा आगजनी भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। आगजनीबाट गाडीको अगाडिका टायर पूरै जलेका छन् भने इन्जिनमा समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक होम थापाले जानकारी दिए। ‘घर अगाडि पार्किङ गरेर राखेको समयमा राती २ बजेतिर गाडीमा आगजनी भएको हो,’ प्रहरी निरीक्षक थापाले भने ‘अगाडिका टायर पूरै जलेका छन् भने इन्जिनमा क्षति पुगेको छ।’
आगजनीको नेपाली कांग्रेसले कडा निन्दा गरेको छ। रातिमात्र कांग्रेस उपसभाति रामचन्द्र पौडेल बसेको घरमा पेट्रोल बम्ब प्रहार गरिएको थियो।

त्यस्तै दाङ २ कै नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीको गाडी मंगलबार राति अज्ञात समूहले नै आगजनी गरेको थियो। उनको गाडीमा पनि टायर तथा इन्जिनमा क्षति पगेको थियो।

Leave a Reply

Your email address will not be published.