सिरहा- एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहालले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी प्रचारप्रसारका लागि मुक्सार पुगेका अध्यक्ष दाहालले चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नेछु, त्यसपछि सिरहालगायत समग्र मधेसको विकास हुनेछ।”
अध्यक्ष दाहाल आगामी तीन दिन सिरहामा बस्ने र १६ गाविसमा चुनावीसभा गर्ने कार्यक्रम रहेको एमाओवादी नेता दिलीप साहले जानकारी दिए। यसैबीच, अध्यक्ष दाहाल चुनावी प्रचारप्रसारका लागि सिरहा आउने भएपछि नेकपा–माओवादीले आज सिरहा बन्दको घोषणा गरेपनि बन्दको कुनै प्रभाव परेन।
यस्तै अध्यक्ष दाहालको कार्यक्रम बिथोल्न गएराति नै सिरहाको मुक्सार र जमदह गाविसमा अज्ञात समूहले सकेट बम राखेको थियो। आज बिहान नेपाली सेनाको प्राविधिक टोलीले बम निस्कृय पारेको थियो। उनको कार्यक्रममा सुरक्षा अवस्था कडा पारिएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर