मलाई जिताउुस्, प्रधानमन्त्री बनेपछि मधेसको विकास गर्छु : दाहाल

Del416125सिरहा- एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहालले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी प्रचारप्रसारका लागि मुक्सार पुगेका अध्यक्ष दाहालले चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नेछु, त्यसपछि सिरहालगायत समग्र मधेसको विकास हुनेछ।”
अध्यक्ष दाहाल आगामी तीन दिन सिरहामा बस्ने र १६ गाविसमा चुनावीसभा गर्ने कार्यक्रम रहेको एमाओवादी नेता दिलीप साहले जानकारी दिए। यसैबीच, अध्यक्ष दाहाल चुनावी प्रचारप्रसारका लागि सिरहा आउने भएपछि नेकपा–माओवादीले आज सिरहा बन्दको घोषणा गरेपनि बन्दको कुनै प्रभाव परेन।
यस्तै अध्यक्ष दाहालको कार्यक्रम बिथोल्न गएराति नै सिरहाको मुक्सार र जमदह गाविसमा अज्ञात समूहले सकेट बम राखेको थियो। आज बिहान नेपाली सेनाको प्राविधिक टोलीले बम निस्कृय पारेको थियो। उनको कार्यक्रममा सुरक्षा अवस्था कडा पारिएको छ। रासस

Leave a Reply

Your email address will not be published.