आलमको स्वास्थ्य अवस्था चिन्ताजनक

BKM_Parsa, shabhasad helecopterbat upcharka lagi kathmandu lyaudai-3काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारार्थ नेकपा (एमाले) का नेता मुहम्मद आलमको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। डा भगवान कोइरालाको समूहले उहाँको उपचार गरिरहेको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै एमाले काठमाडौँ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले आलमको स्वास्थ्य अवस्था बिग्रँदै गई सुधारोन्मुख हुन नसकेको र भेन्टिलेटरमा राखिएको जानकारी दिए।

श्रेष्ठका अनुसार उहाँलाई थप उपचारका लागि प्राविधिक कारणले तत्काल विदेश लैजान सम्भव छैन। बारा जिल्ला क्षेत्र नं ४ बाट एमालेका उम्मेदवार बन्नुभएका आलमलाई यही असोज १८ गते दिउँसो वीरगन्जमा अज्ञात समूहले गोली हानेको थियो। सोही दिन साँझदेखि त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचार सुरु गरिएको हो। रासस

CTRL + Q to Enable/Disable GoPhoto.it

Leave a Reply

Your email address will not be published.