नेपाल भारतसँग पराजित

तस्बिर सौजन्य : गोलनेपाल डटकम
तस्बिर सौजन्य : गोलनेपाल डटकम

काठमाडौं- एएफसी १९ वर्षमुनिको छनोट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ। कतारस्थित दोहाको अल अरबी रङ्गशालामा गए राति भएको सो प्रतियोगितामा नेपाल भारतसँग शून्यको विरुद्ध एक गोल (०–१) अन्तरले पराजित हुँदै अघिल्लो चरणमा प्रवेशका लागि सम्भावना कम भएको छ। नेपालले खेलको दोस्रो ‘हाफ’को अन्तिम समय तीन मिनेटलाई रोक्न नसक्दा अघिल्लो चरणमा प्रवेशका लागि लगभग ढोका बन्द हुन पुगेको छ। नेपाल यसअघि भएको पहिलो खेलमा  तुर्कमेनिस्तानसँग १–२ गोलअन्तरले पराजित भएको थियो।

भारतको जितका लागि खेलको दोस्रो ‘हाफ’को ८७औँ मिनेटमा फैजएस केले गोल गरेका थिए। उनले ‘डिबक्स एरिया’बाट प्रहार गरेको बल नेपालका खेलाडी एलन न्यौपानेको खुट्टामा लागेर गोलमा परिणत भएको थियो। एसियाका ४० राष्ट्रले भाग लिएको सो प्रतियोगितालाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता, आयोजक र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने छ राष्ट्रले आगामी २०१४ मा म्यानमामा हुने अन्तिम खेलमा सहभागिता जनाउने छन्। रासस

Leave a Reply

Your email address will not be published.