फोरम (लोकतान्त्रिक)बाट ४६ जिल्लामा उम्मेदवार

foram loktantrik newकाठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) नेपालले अर्को संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार समावेशी रुपमा खडा गरी सबैभन्दा बढी आदिवासी जनजाति ७८ जनालाई प्रतिस्पर्धामा उतारेको छ। तराई–मधेस केन्द्रीत राजनीति गर्दै आएको आरोप लागेको सो पार्टीले यस पटक तराईका साथै काठमाडौं उपत्यकाका साथै काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, मकवानपुर, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, मृगु, तेह्रथुम, धनकुटा, सङ्खुवासभालगायत ४६ जिल्लाबाट १ सय ६९ जना समावेशी उम्मेदवार उठाई ती क्षेत्रमा आफ्नो राजनीतिक प्रभाव देखाउन र आफूलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गरिने जिकिर गरेको छ।
प्रत्यक्षतर्फ फोरम (लोकतान्त्रिक)ले मधेसी ४३, मुसलमान १०, खस (ब्राम्हणक्षेत्री) २५, महिला १२, दलित पाँच र  माडबारी दुई जनालाई उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ।  समानुपातिकतर्फ पूर्ण समावेशी उम्मेदवार ३३४ जना चयन गरिएको पार्टीका कार्यालय सचिव परमानन्द मेहताले बताए।
क्षेत्रीय पार्टीका रुपमा स्थापित अन्य मधेसकेन्द्रीत दल मधेसी जनअधिकार फोरम नेपाल र   नेपाल सद्भा्वना पार्टीले पनि यस पटक पहाडी र हिमाली क्षेत्रबाट उम्मेदवारी दिएर आफूहरुलाई राष्ट्रिय पार्टीका रुपमा परिचय दिन खोजेका छन्। रासस

Leave a Reply

Your email address will not be published.