उद्योगपति चौधरी नवलपरासीबाट सिफारिस

binod chaudharyपरासी- उद्योगपति विनोद चौधरीलाई नेकपा (एमाले)ले आगामी संविधान सभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीले सिफारिस छ। ती क्षेत्रमध्ये यस पटक क्षेत्र नम्बर १ मा यसअघि निर्वाचन जितेका काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला पुनः कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने पक्का छ। चौधरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने सम्भावना बढेको बुझिएको छ। यसैगरी  जिल्ला अध्यक्ष तिलक महतलाई क्षेत्र नम्बर २, ३ र ४ गरी तीन स्थानबाट सिफारिस गरिएको छ। क्षेत्र नं ५ बाट दिपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ।

सिफारिस गरिएका नाममा क्षेत्र नं १ बाट ४ जना रहेका छन्। यसमा कृष्ण अधिकारी, दीपक अधिकारी, विनोद चौधरी, छत्रराज पौडेल र पार्वती तिवारी रहनुभएको छ। त्यस्तै क्षेत्र नं २ बाट ११ जना सिफारिस गरिएको छ। यसमा रोशन गाहा, जीवन श्रेष्ठ, डा. गोपाल खनाल, दुर्गा भण्डारी, विन्दा गैरे, शालिकराम भट्टराई, रोशन थापा, होमनाथ सुवेदी, कृष्ण पौडेल र तिलक महत रहेका छन्।

त्यसैगरी क्षेत्र नं ३ बाट १० जनाको नाम सिफारिस गरिएको छ। यसमा जनकलाल श्रेष्ठ, कृष्ण पौडेल, ईश्वरी पाण्डे, रुक्मांगत ज्ञवाली, तिलक महत, धनञ्जय शर्मा, भिमलाल अधिकारी, पुण्यप्रसाद पौडेल, सरिता खनाल र विनोद चौधरी छन्।

क्षेत्र नं ४ बाट पाँचजनाको नाम सिफारिस गरिएको छ। यसमा थानप्रसाद गैर, विमला अर्याल, बैजनाथ चौधरी र घनश्याम कोइराला र तिलक महत रहनुभएको छ।  क्षेत्र नं ५ बाट दिपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेत्र नं ६ बाट रामलखन हरिजन र दूधनाथ गुप्ताको नाम सिफारिस गरिएको एमाले नवलपरासीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.