भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं- anil-2सात वर्षपछि नेपालले भारतलाई पराजित गरेको छ। काठमाडौंमा जारी ८औं साफ च्याम्पियनसिपमा  बिहीबार भारतलाई २-१ ले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। नेपालका लागि अनिल गुरुङले ६८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको केही बेरमै ७९औं मिनेटमा रोविनको क्रसमा जुमानु राईले शानदार गोल गरेका थिए।

नेपालले खेलअवधिभर भारतलाई दबाबमा राखेको थियो। नेपाललाई गोल गर्ने अवसर पटकपटक मिले पनि नेपाली खेलाडीहरुले गोल गर्न सकेका थिएनन्। भारतका केही प्रहार रक्षक किरण चेम्जोङले सजिलै रोकेका थिए।

भारतका लागि रोबिन सिंहले खेल अन्तिम समयमा सन्तावना गोल गरे। यो जितसँगै नेपाल ७ अंकले समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। आजै हल्चोकमा भएको अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई २-१ गोलले पराजित गर्‍यो। पाकिस्तानको जितसँगै भारत पनि समूह चरणको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो।

भोलि (शुक्रबार) हुने अफगानिस्तान र माल्दिभ्सबीच समूह चरणको अन्तिमि खेल हुँदैछ। सोही खेलले नेपाल सेमिफाइनलमा कोसँग खेल्ने भन्ने तय हुनेछ। दुबैले दुई दुई खेल जितेका छन्। माल्दिभ्ससँग भने सर्वाधिक १८ गोल छ। खेल माल्दिभ्सले जिते या बराबरी भए नेपालले सेमिफाइनलमा अफगानिस्तानको सामना गर्नुपर्ने हुन्छ। यदि खेल अफगानिस्तानले जित्यो भने सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published.