थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण

gopal dahitकाठमाडौं- थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको छ। भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल र शम्भुप्रसाद चौधरी महासचिव रहेको समाजवादी पार्टीबीच बुधबार तिलकपुर बैठकले एकीकरणको घोषणा गरेको हो। एकीकरणपछि पार्टीको नाम भने थरुहट तराई पार्टी नेपाल नै रहने विज्ञप्तीमा जनाइएको छ।

दुई पार्टीको एकीकरणपछि थरुहट तराई पार्टी नेपालले १ सय २२ निर्वाचन क्षेत्रबाटै प्रत्यक्ष र समानुपातिकका लागि प्रतिनिधि चयण गर्ने जनाएको छ। पार्टीले भोट चिन्ह भने ढक्या राखेको छ। पार्टी एकीकरणपछि थरुहट तराई पार्टी नेपालको केन्द्रीय सदस्य संख्या ५१ पुगेको छ।
पार्टी एकीकरणपछि समाजवादीका केन्द्रीय महासचिव शुम्भु प्रसाद चौधरीलाई महासचिवकै जिम्मेवारी दिइएको छ। त्यस्तै पार्टीका केन्द्रीय सदस्यहरु पूर्ण प्रसाद चौधरी (सप्तरी), पुनित लाल चौधरी (सुनसरी), कल्पना चौधरी (उदयपुर),  पंकज चौधरी (मोरङ, गणेश चौधरी (झापा), सोनेलाल चौधरी (मोरङ, नरनारायण चौधरी (सुनसरी), विशो रिसिदेव (सुनसरी), ताराचन्द चौधरी (सुनसरी) र चन्द्र नारायण चौधरी (सुनसरी) थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्यमा समावेस गरिएको छ। tharuhat terai party nepal

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार बन्धुहरु,
ऐतिहासिक थरुहट आन्दोलनको जगबाट स्थापना भएको थरुहट तराई पार्टी नेपाल र २०६४ सालको संविधान सभाको निर्वाचनमा भाग लिदै थरुहट तराईको मुद्धा सवालहरुलाई संबोधन गराउनका लागि अनवरत रुपमा संघर्षरत समाजवादी पार्टीको केन्द्रीय शिर्षस्थ नेताहरुको बीच पार्टी एकताको लागि औपचारिक  एवं अनौपचारिक रुपमा निरन्तर संवाद छलफल चलाउदै २०७० भाद्र १९ गते  तिलकपुर गा.वि.स.को सभा कक्षमा बसेको द्धिपक्षिय बैठकको निर्णयबाट …थरुहट तराई पार्टी नेपाल’ र …समाजवादी पार्टी’ बीच एकिकरण भएको सार्वजनीक गर्दै थरुहट तराईको राजनैतिक बृत्तमा मजबुद पकड बनाउन सफल भएका छौं।
…थरुहट तराई पार्टी नेपाल’ र …समाजवादी पार्टी’ बीच एकीकरण गरी पार्टीको नाम “थरुहट तराई पार्टी नेपाल” राख्ने सहमती गरेका छौं। दुई पार्टी आपसमा सहमती गर्दै आसन्न संविधान सभाको निर्वाचनमा थरुहट तराईको सम्पूर्ण जिल्लाको १२२ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ सशक्त रुपले चुनाव चिन्ह “ढक्की” (ढक्या/धमा) लिएर सबै गोलबद्ध भएर निर्वाचनमा भाग लिन गईरहेको कुरा यसै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं।
दुई पार्टी एकिकरण भएपछि समाजवादी दलका केन्द्रीय महासचिव शुम्भु प्रसाद चौधरीलाई अबदेखि थरुहट तराई पार्टी नेपालको महासचिवको पदीय जिम्मेवारी दिदै सोही पार्टीका केन्द्रीय सदस्यहरु पूर्ण प्रसाद चौधरी (सप्तरी), पुनित लाल चौधरी (सुनसरी), कल्पना चौधरी (उदयपुर),  पंकज चौधरी (मोर•), गणेश चौधरी (झापा), सोनेलाल चौधरी (मोर•), नरनारायण चौधरी (सुनसरी), विशो रिसिदेव (सुनसरी), ताराचन्द चौधरी (सुनसरी) र चन्द्र नारायण चौधरी (सुनसरी) थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्यमा समावेस गरिएको छ। एकिकरण भएपछि थरुहट तराई पार्टी नेपालको केन्द्रीय कार्य समिति अब ५१ सदस्यीय भएको छ।
थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीको बीच भएको दुई पक्षिय सम्झौता अनुसार थरुहट आन्दोलनले स्थापित गरेका मुद्दाहरु, थरुहट तराई र यहा“का समग्र नागरिकहरुको पहिचान, अधिकार, आत्मसम्मान, विकास र न्यायका मुद्दाहरु सशक्त रुपमा उठान गरी राज्यद्धारा संवैधानिक रुपमा संबोधन गर्न गराउनका लागि सदा प्रतिवद्ध रहदै, थरुहट तराई पार्टी नेपालको झण्डाको माथिल्लो भागको बा“या तर्फ समाजवादी दलको झण्डामा रहेको लोगो (चिन्ह) “धानको बाला क्रस” थप गर्ने, पार्टीको विधान, घोषणा पत्र  तथा विभिन्न दस्तावेजहरुमा “थरुहट तराई पार्टी नेपाल र समाजवादी दल एकिकरण भएको ….” वाक्य राखी दुबै पार्टीको ऐतिहासिकतालाई जीवन्तता दिईने सहमति भएको छ।

भानुराम थारु
अध्यक्ष   महासचिव
थरुहट तराई पार्टी नेपाल
शम्भु प्रसाद चौधरी

समाजवादी पार्टी

Leave a Reply

Your email address will not be published.