फोरम लोकतान्त्रिकले संसदीय समिति गठन गर्‍यो

bijaya-kumar-gachchhadarकाठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा संसदीय समिति र केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। पार्टीको आज बसेको राजनीतिक समितिको बैठकले नौ सदस्यीय संसदीय समितिको पदेन अध्यक्षमा पार्टी अध्यक्ष गच्छदार, सदस्यहरुमा रामेश्वर राय यादव, मोहम्मद नसिर सिद्दिकी, आशा चतुर्वेदी, रामजनम चौधरी, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद वकिल मुसलमान, वीरेन्द्रलाल श्रेष्ठ र पदेन सचिवमा जितेन्द्र नारायण देव रहेका छन्।

त्यस्तै, नौ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समितिमा पार्टी अध्यक्ष गच्छदार, रामेश्वर राय यादव, मोहम्मद नसिर सिद्दिकी, गोविन्द चौधरी, दानबहादुर चौधरी, जितेन्द्र नारायणदेव, रवीन्द्र ठाकुर, चन्द्रेश्वर खत्वे र आशा चतुर्वेदी रहेको पार्टीले जनाएको छ।

बैठकले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुका लागि पार्टीमा काम गरेको इतिहास र योगदान, संविधान सभामा गर्न सक्ने योगदान, पार्टीको नीति र नेतृत्वप्रति निष्ठावान् र जनप्रिय, निर्वाचन जित्न सक्ने क्षमता र समावेशी चरित्रलाई न्यूनतम मापदण्ड तोकेको छ।

Leave a Reply

Your email address will not be published.