३३ दलीय मोर्चाले आन्दोलन गर्ने

काठमाडौं- नेकपा–माओवादीसहितको तेत्तीस दलीय मोर्चाले आसन्न संविधानसभाको चुनावलाई लक्षित गरी विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने भएको छ। माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी सचिव देव गुरुङले मुलुक निर्दलीयताबाट सैनिकीकरणतर्फ प्रवेश गर्न लागेको जिकिर गरे। 
मोर्चाले आफ्नो आन्दोलन यही असोज १३ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने जनाएको छ। त्यसैगरी भारतीय सुरक्षाकर्मीहरु बेरोकटोक नेपाल प्रवेश गरी खानतलाशी लिने र गिरफ्तार गर्ने गरेको घटना भएकोमा त्यो नसच्चिएसम्म असोज १७ गतेदेखि भारतीय नम्बरप्लेटका सरकारी तथा निजी क्षेत्रका मालबाहक तथा यात्रुबाहक गाडीलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय मोर्चाले गरेको छ। मोर्चाले अमेरिकी सैन्य विमानबाट झारिएका सामानबारे सार्वजनिक रुपमा सुसूचित गरिनुपर्नेलगायतका माग गरेको छ।
साथै, मोर्चाले मङ्सिर ४ गतेको निर्वाचनलाई बहिष्कार गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published.